ताजाखबर, १३ मंसिर-
अम्बाको मौसम सुरु भैसकेको छ । हरेक तरकारी तथा फलफूल
पसल र ठेलामा पाकेका अम्बाको व्यापार समेत फस्टाउन
थालेको छ । अम्बामा सुन्तलाको तुलनामा चार गुणा बढी
भिटामिन सी पाइन्छ भने मानव प्रतिरक्षा प्रणालीलाई फाईदा
पुर्याउने तत्व पनि प्रशस्तै पाइन्छ ।
मधुमेहः
अम्बाको सेवनले मधुमेहको असर कम हुन्छ । अम्बाको नियमित
प्रयोग गर्ने हो भने शरिरमा चिनीको मात्रा घटाउन मद्धत हुन्छ
।
छालाको रोगः
अम्बाको प्रयोग छालासम्बन्धि रोगमा समेत गर्न सकिन्छ ।
अम्बामा प्रशस्तै भिटामिन सी र ए पाईन्छ । यसले छालामा
चमक दिनुका साथै फुट्ने समस्यामा समेत काम गर्छ ।
पाचन प्रणालीः
अम्बामा प्रशस्तै फाइबर पाइने हुनाले पाचन प्रणालीमा समेत
अम्बाको प्रयोग उपयुक्त हुन्छ । यदी तपाईंलाई अपच हुने
समस्या छ भने अम्बाको नियमित सेवन गर्नुस् ठीक हुनेछ ।
क्यान्सरः
अम्बामा लाइकोपीन र क्वरसिटिन नामक तत्व पाइन्छ । यो
तत्वले मानव शरिरमा क्यान्सर रोग विरुद्ध लड्न सहयोग गर्छ
। स्तन, छाला र प्रोस्टेट क्यान्सरबाट बचाउन अम्बा सहयोगी
सावित हुनसक्छ ।
आँखाको समस्याः
अम्बाले आँखा समेत स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
आँखाको सुन्रदता र आँखा स्वस्थ राख्नमा अम्बाले सहयोगी
भूमिका निर्वाह गर्नसक्छ ।
रक्तचाप र दिमागः
अम्बाले दिमागलाई समेत सन्तुलन र ताजा राख्न सहयोग पुग्छ
। अम्बाको प्रयोगले रगतको वहावमा सुधार आउँछ र
दिमागसम्म यसको पहुँच पुग्छ । यसले रक्तचाप सन्तुलनमा
राख्न सहयोग गर्छ ।
तनाव कम गर्छः
अम्बामा प्रशस्तै म्याग्नेसिम पनि पाइन्छ । जसका कारण
तनाव कम हुन्छ । अम्बाको नियमित सेवनले मन र दिमाग शान्त
हुन्छ ।
गर्भवस्थामा समेत उपयोगीः
अम्बामा भिटामिन बी नाइन पाइन्छ । जुन गर्भवती महिलाका
लागि निकै जरुरी मानिन्छ । अम्बाले गर्भमा रहेको बच्चालाई
स्वस्थ राख्न सहयोग गर्छ ।
दाँतको दुखाईः
अम्बाको पात चपाउनाले दाँत दुखाई कम हुन्छ । यसमा एन्टी
ब्याक्टेरियल तत्व हुन्छ, जसले किटाणुसँग लडेर दाँतलाई
स्वस्थ राख्न सहयोग गर्दछ ।
Share this:

0 comments
प्रतिक्रिया दिनुहोस्...