-->
यस्ता छन्, तपाइलाई बारम्बार टाउको दुखाउने ७ कारणहरु -

कहिलेकाँही कमजोरी र तनावका कारण टाउको दुख्नु स्वाभाविक हो। तर,पटक पटक टाउको दुखिरहेमा हामिले तुरुन्त चिकीत्सकको परामर्श लिनुपर्दछ। हामिकहाँ कस्तो चलन छ भने, टाउको दुख्ने बितिक्कै बिभीन्न पेन किलरहरु आफुखुसी किनेर सेवन गरिहाल्ने। वास्तवमा ति पेनकिलरहरुको यति धेरै साइड इफेक्टहरु छन जसको वयान गरेर साध्य छैन। 

प्रो डा.धर्म प्रसाद खनालका अनुसार धेरै पेनकिलरहरुको सेवनले गर्दा किड्नी फेल हुने सम्भावना रहन्छ। तसर्थ सर्वप्रथम टाउको दुख्नुका कारणहरु पत्ता लगाउने कोशिष गर्नुस न कि अन्धाधुन्ध पेनकिलर सेवन गर्नेतिर लाग्नुस। यहा हामिले बारम्बार टाउको दुख्नाका बिभीन्न ७ कारणहरु प्रस्तुत गरेका छौ यसलाइ पनि अध्ययन गर्नुहोस। परामर्श लिनुपर्छ। तपाईँलाई बारम्बार टाउको दुःख्ने समस्या त छैन रु यदि छ भने ख्याल गर्नुहोस् यस पछाडि विभिन्न कारणहरु हुन सक्छन्।

१.असमान्य उच्च रक्तचाप : उच्च रक्तचाप एक ‘साइलेन्ट किलर’ नै हो यद्यपी यसको खास लक्षण हुँदैन । यदि तपाईँलाई कडा रुपमा टाउको दुःखिरहन्छ भने तपाईँ केही समयदेखि उच्च रक्तचापले पीडित हुनुहुन्छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् ।सामान्यतया १४० र ९० लाई समान्य रक्तचाप अवस्थाको रुपमा लिइन्छ । तर, तपाईँको रक्तचाप १८० र१२० छ भने खतराको संकेत हो । यसले तपाईँको कुनै पनि अंगलाई हानी गर्ने सम्भावना हुन्छ । निरन्तर टाउको दुख्छ भने तत्कालै नजिकको चिकित्सककहाँ वा मुटु विशेषज्ञको परामर्श लिनुपर्छ । निरन्तर टाउको दुख्ने मानिसमा उच्च रक्त चाप हुने यसअघिका विभिन्न अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् । टाउको दुखाईसँगै धमिलो देख्ने, स्मरण हराउने, रिंगटा लाग्ने, कमजोर महशुस हुने, छात दुख्ने समस्या रक्तचापका अन्य लक्षणहरु हुन् ।
 
२.मुटुमा कडा स्ट्रोक :  उच्च रक्तचापसँगै ह्दयघात पनि आकस्मिक रुपमा हुन्छ । हृदयघातको प्रमुख लक्षण टाउको दुःख्नु हो । दिमागमा रगतको प्रवाह रोकिनु स्ट्रोकको लक्षण हो, जुन विभिन्न कारणहरुले हुने गर्छन् । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोकका अनुसार हृदयघात हुनुअघि कडा टाउको दुख्ने गर्छ । तपाईँलाई छातीमा पिडा हुन्छ भने तत्काल चिकित्सकीय सहयोगको आवश्यक छ भन्ने बुझ्नुहोस । अतिरिक्त हृदयघात हुँदा टाउको दुख्नुको अगाडि बोल्न अप्ठ्यारो हुने, आँखा धमिलो हुने, सन्तुलन गुमाउने, हिड्न गाह्रो र शरीरको एउटा पाखोमा कमजोर महशुस हुने गर्छ ।
 
३.ग्लुकोजको मात्रा न्यून : यदि तपाईँको शरीरमा ग्लुकोजको मात्र कम भएको छ भने पनि निकै कडा रुपमा टाउको दुख्छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा हाइपोग्लाइसिमिया भनिन्छ । शरिर भित्रका गतिबिधि सक्रीय सञ्चालनका लागि हाम्रो शरिरमा निरन्तर ग्लुकोज प्रवाहको आवश्यकता पर्छ । न्युन ग्लुकोजले सुरुमा दिमागलाई प्रभाव पार्छ र विस्तारै अन्य अंगहरुमा पनि असर देखिन्छ । तर न्युन ग्लुकोजकै कारण तपाईको टाउको दुख्ने गरेको छ भने पर्याप्त तरल पर्दाथ र कार्बोहाइडेडयुक्त खानेकुरा खानुभयो भने पनि केही हदसम्म मुक्ती पाउनुहुनेछ । चिनियुक्त खानेकुराबाट टाढै रहनुहोस् तर शरीरको ग्लुकोज तहलाई पनि कायमै राख्नुहोस । हाइपोग्लाइसिमिया निकै खतरनाक अवस्था हो जसका कारण मानिसको अकस्मात् मृत्युसम्म हुुन सक्छ । तपाईँ लामो समयदेखि भोकाउनु भएको छ र निरन्तर टाउको दुःख्छ भने ब्लड ग्लुकोजको तहलाई कायम गर्नका लागि पनि केही न केही खानेकुरा खानुहोस् । रिंगटा लाग्ने, धमिलो देख्ने, शरिरमा पसिना बग्ने, दिक्क लाग्ने, अनियमित रुपमा धड्कन चल्ने र चिसो महशुस हुनु हाइपोग्लाइसिमियाको अन्य लक्षण हुन् ।

४.दिमागमा संक्रमण :
 तपाईँलाई गम्भीर रुपमा टाउकोमा संक्रमण जस्तै मेनेन्जाइटिस भएको छ भने पनि अत्यधिक रुपमा टाउको दुख्न सक्छ। तसर्थ यसबारेमा आजैदेखि बिचार पुयाउनुहोस्। भाइरल अथवा ब्याक्टेरियाका कारण दिमाग ढाक्ने पत्र र स्नायु प्रणालीको स्पाइनल कोर्डमा पीडा बढाउनु मेनेन्जाइटिस हो। यसको समयमै पहिचान गरिएन भने मानिसको ज्यान नै जोखिममा हुने गर्छ। अत्यधिक टाउको दुखाइका अतिरिक्त ज्वरो, शरिरमा रातो फोका आउनु, गर्धन दुख्ने, उज्यालोमा हेर्न नसक्नु, शरिरका मांशपेशी लचकदार नहुनु म्यानेन्जाइटिसका अन्य लक्षणहरु हुन्।

५.आन्तरिक रक्त प्रवाह :
 उच्च रक्तचाप वा अन्य मानसिक समस्याहरुका कारण कहिलेकाही दिमागको रक्तनली फुट्न गई दिमागमै रगत वग्न सक्छ जसका कारण पनि खपिनक्नु टाउको दुख्न सक्छ। दिमागको कुनै रक्त नली च्यातिएमा शरिरको कुनै अंग निकै कमजोर हुनुका साथै गम्भीर टाउको दुख्न सक्छ। आखाँमाथिको भाग दुख्नु, आखाँका नानीहरु केही फराकिलो देखिनु, आखाँका ढकनी कमजोर देखिनु, धमिलो देख्नु, रिंगटा लाग्नु, चेतना गुमाउनु आन्तरिक रक्त प्रवाहका अन्य लक्षणहरु हुन्।
 
६.टाउकोमा लागेको गम्भीर चोट बल्झिनु : यदि कुनै वेला तपाईको टाउकोमा गम्भीर चोट लागेको छ भने पनि बारम्बार यो बल्झिन सक्छ जसका कारण खप्नै नसक्ने गरी टाउको दुख्छ । तसर्थ कुनै दुर्घटनापछि वा घाइते भएपछि तपाईलाई भएको पीडा वा उपचारबारे जीवनकालभर ध्यान दिनुहोस । टाउकोको खप्पर वा दिमागको रक्त नलीमा हुने अशरले दीर्धकालिन रुपमा टाउको दुख्छ । वाकवाकी लाग्नु, कुनै पनि विषयमा ध्यान केन्द्रित गर्न नसक्नु, स्मरण हराउनु, शरिरका कुनै अंगहरु दुख्नु, धमिलो देख्नु, भोक नलाग्नु टाउको चोट बल्झिदाका लक्षणहरु हुन् ।
 
७.उमेरसँग सम्बन्धित समस्या : यदि तपाई ५०वर्ष भन्दा बढी हुनुभएको छ र बेग्लै ढंगले टाउको दुखेको छ भने अब उपचार गर्ने बेला आएको छ भन्ने बुझ्न ढिलाई नगर्नुहोस् । टाउकोका कोषहरुमा समस्या वा ब्रेन ट्युमरका कारणले पनि टाउको दुख्ने गर्छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.