इटहरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले इटहरीमा गर्न लागेको विरोधसभाका लागि तयार पारिएको मञ्च सत्तारुढ विद्यार्थी संगठनका कार्यकर्ताहरुले जलाइदिएका छन् । मञ्चमा आगजनी भएपछि अहिले इटहरी तनावग्रस्त बनेको छ ।
मोर्चाले शुक्रबार दिउँसो गर्न लागेको सभाका लागि शुक्रबार बिहानै कार्यकर्ताहरुले इटहरीको खेतीखोला नजिकै मञ्च बनाएका थिए । मञ्च बनाइरहेकै बेला विद्यार्थी संगठनका कार्यकर्ताले पेट्रोल छर्किएर मञ्चमा आगो लगाइदिएका छन् ।
मधेसी मोर्चाले आयोजना गर्न लागेको सभामा राजेन्द्र महतोलगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने सुनेपछि विद्यार्थी संगठनहरुले कार्यक्रम नगर्न भन्दै विहीबार विज्ञप्ति जारी गरेका थिए ।
भारतले नाकाबन्दी गरेर दुख दिइरहेको र सुनसरी जिल्लामै भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गोली प्रहार गरेको अवस्थामा भारतकै समर्थनमा कार्यक्रम गर्न लागिएको भन्दै इटहरीका विद्यार्थी संगठनहरुले मोर्चालाई कार्यक्रम नगर्न भनेका हुन् ।
भारतीय एसएसबीले नेपाली नागरिकमाथि गोली प्रहार गरेपछि सुनसरीवासीहरु आक्रोशित बनेका छन् । यस्तो बेलामा मोर्चाले गर्ने कार्यक्रम रोक्नुपर्ने इटहरीका विद्यार्थी संगठनको माग थियो ।
तर, मोर्चाले कार्यक्रम गर्नु आफूहरुको लोकतान्त्रिक अधिकार भएको भन्दै मञ्च निर्माण गरेको थियो । मधेसी मोर्चासँगै संघीय लिम्बुवान पार्टीले पनि कार्यक्रममा सहभागिता जनाउने तयारी थियो ।
स्रोतका अनुसार नेपाली कांग्रेस, एमाले, एमाओवादी, वैद्य माओवादी र राप्रपा नेपालका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मोर्चालाई कार्यक्रम गर्न भनेका थिए ।
इटहरी तनावग्रस्त
कार्यक्रम नै गर्न नपाई मञ्चमा आगजनी गरिएपछि दुईपक्षीय झडपको सम्भावना बढेको भन्दै सुृरक्षा निकायले सतर्कता अपनाएको छ । राजमार्गमा सुरक्षाकर्मीहरु ठूलो संख्यामा तैनाथ गरिएका छन् भने राजमार्गउत्तरतर्फ ठूलो संख्यामा विद्यार्थी संगठन र स्थानीयवासीहरु भेला हुन थालेका छन् ।
राजमार्गभन्दा दक्षिणतर्फ डढेको मञ्च आसापास सानो संख्यामा मधेसी मोर्चाका कार्यकर्ताहरु छन् । उनीहरु कार्यक्रम गरी छाड्ने बताइरहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...