-->
वि.सं. २०७२ साल मंसिर १० गते। शुक्रबार।हेर्नुहोस आजको राशिफल



हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर ११ गते। बिहीबार। 
इश्वी सन् २०१५ नोभेम्बर २७ तारिख
 हेर्नुहोस आजको राशिफल ।



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, 
सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। 
तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ।
 विगतमा सम्पादित कामबाट लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ।
 अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।


बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटले काम लिन नसक्दा पछि परिनेछ।
योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। 
खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। 
सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। 
थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले बढी मेहनत गर्नुपर्ने समय छ।


मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।
 चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ।
 छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।
 प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।


कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
 श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। 
पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
 कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा मनग्य फाइदा हुनेछ।
 पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।


सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। 
अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। 
केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। 
तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। 
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 
विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।


कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ।
 चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। 
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।\
 कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
 सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।


तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ।
 सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ।
नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।


बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।
नयाँ ज्ञान सिक्ने मौका छ।
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ।
दाम्पत्य जीवन रमाइलो रहनेछ।
 आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।
आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
 धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।


धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)


अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला।
केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला।
 शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।
 फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।


मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
 व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। 
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ।
 नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। 
बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।


कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ।
 भूमि तथा मातृधनबाट लाभ लिने समय छ। \
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। 
महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा राम्रै सहयोग जुट्न सक्छ। 
कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
 स्थायी सम्पत्ति जोड्ने समय छ।


मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। 
सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। 
यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ।
 पुरानो समस्याले केही झमेला आइलाग्ला।
 दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।
 काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
-













, , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.