पोखरा – पोखराको लेकसाईडमा सोमबार राती
अज्ञात समूहले एक भारतीय
गाडीमाथि आगजनी गरेको छ ।
आगजनीका कारण गुजरातबाट पोखरा आएका
भारतीय यात्रुहरु सवार युपी ५१
पी ८३११ नं को बस पूर्णरुपमा क्षतिग्रस्त
भएको छ ।
लेकसाइडको डिहिकोपाटनमा बस जलेर नष्ट भएको
कास्की प्रहरीले
जानकारी दिएको छ ।
मध्यरातमा गाडीमा रहेका स्टाफहरु
सुतिरहेको अबस्थामा केही मानिसहरुले
गाडीमा आगो लगाएको बताईएको छ ।
आगजनीको जिम्मा भने हालसम्म कसैले पनि
लिएको छैन ।
यद्यपि बिप्लव माओबादीले
नाकाबन्दी र हस्तक्षेपका विरुद्ध
भारतीय सवारी साधनमा
कारवाही गर्ने नीति सार्वजनिक
गरेको छ । यही नीति अन्तरगत
पोखरामा भारतीय गाडीमा
आगजनी भएको आशंका गरिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...