-->
ओलीका सल्लाहाकार राति किन छिरे दूतावास ?

काठमाडौं – प्रधानमन्त्री केपी
शर्मा ओलीका सुरक्षा मामिला सल्लाहाकार
भनिएका विवादास्पद पूर्व जर्नेल प्रकाशबहादुर बस्नेत
लैनचौरस्थित भारतीय राजदूतावास रातको
समयमा सुटुक्क छिरेको प्रसंगले खैलाबैला मच्चिएको छ
। गुपचुप रुपमै सुरक्षा सल्लाहाकार बनेका जर्नेल
बस्नेत ०७२ मंसिर ८ गते राति भारतीय
राजदूतावासमा बिना जानकारी पुगेको कुरा
नेपाली सुरक्षा निकायका एक अधिकृतले नाम
प्रकाशित नगर्ने सर्तमा बताए ।
प्रधानमन्त्री ओलीको सुरक्षा
सल्लाहाकार भनेपछि उनकै आग्रहमा राजदूतावासका
केही उच्च अधिकारीलाई भेटेको
कुरा राजदूतावासको सुरक्षार्थ खटिएको सुरक्षा स्रोतले
जनाएको छ । उनी
प्रधानमन्त्री ओलीको
स्वीकृति लिएर भारतीय
राजदूतावास गएका हुन् कि आफूखुसी गएका
हुन भन्ने कुरा चाहिँ खुलेको छैन ।
प्रधानमन्त्री ओलीको
निजी सचिवालयमा जिज्ञासा राख्दा यसबारे
केही बताउन चाहेका छैनन् ।
प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकार
जस्तो व्यक्ति यस्तो बेलामा किन रातको समय
पारी राजदूताबास गए र उनले के कुरा गरे
भन्ने कुरा जनतालाई जानकारी गराउनु पर्छ
कि पर्दैन ? भन्ने प्रश्न उठाइएको छ । बस्नेत
नेपाली सेनाका विवादास्पद पूर्व
उपरथी हुन् । आजको साँघु साप्ताहिकमा
खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.