-->
कामदारको सुविधाको लागि दूताबासले ल्यायो निःशुल्क टेलिफोन सेवा

काठमाडौं– मलेसियास्थित नेपाली राजदूताबासले
नेपाली कामदारहरुको हकहितसँग सम्बन्धित
र अन्य महत्वपूर्ण तथा सुचनाहरु दिन निःशुल्क टेलिफोन
सेवा सञ्चालनमा ल्याएको छ ।
दूताबासले मलेसियाको टेलिफोन सेवा प्रदायक
कम्पनी डिजीको सहयोगमा सो
सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाली कामदारहरुले यो कम्पनीको
मोबाइलबाट २५५०३९ नम्बरमा डायल गरि दूताबासद्वारा
जारी गरिएका नेपाली कामदारहरुको
हकहितसँग सम्बन्धित र अन्य महत्वपूर्ण
जानकारी एबम् सुचनाहरु निशुल्क रुपमा
उपलब्ध हुने दूताबासद्वारा जारी गरिएको
विज्ञप्तीमा उल्लेख छ ।
यद्यपी अन्य टेलिफोन सेवा प्रदायक
कम्पनीको मोबाइलबाट सो सेवा प्राप्त गर्न
नसकिने दूतबासले स्पष्ट पारेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.