-->
भिन्डी खाँदा यति धेरै फाईदा ( जानि राखाै)




भिन्डी हरियो साग सब्जीहरुमध्ये सबै भन्दा भरपर्दो चिकित्सकीय गुण भएको तरकारी हो । हामीलाई आशा छ अजको यो लेख पढेपछि तपापईहरुले भिन्डीको प्रयोग दैनिक रुपमा डाइटको रुपमा प्रयोग गर्नु हुनेछ ।
भिन्डी हाम्रो गाउँठाउँमा जताततै उब्जाउ हुने हरियो सब्जी हो । यसको उत्पादनका लागि कुनै खास प्रकारको ठाउँ नै हुनु पर्छ भन्ने छैन । भिन्डी तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । कतिपय ठाउँ र कतिपय मानिसहरु भिन्डीलाई काँक्रो खाए जस्तै काँचै पनि खाने गरेको पाइन्छ ।
हामीले भिन्डी किन खानु पर्छ र यसको चिकित्सकीय फाइदा के के होला भन्ने जिज्ञाशा समाधानका लागि आज डिसीनेपालले तपाइहरु सामु यो सुझाव राख्दै छ ।

भिन्डी प्रयोगबाट हुने फाइदाहरु

१। कोलस्ट्रोल नियन्त्रण गर्छ ( भिन्डीमा कयगिदभि ाष्दभच उभअतष्ल हुन्छ । र यसको प्रयोग गरियो भने खराव कोलस्ट्रोल आपसे आप नियन्त्रण हुँदै जान्छ ।

२। गर्भधारण र भ्रुण बिकासमा सहयोगि भूमिका खेल्छ ( गर्भबती महिलाले भिन्डी सेवन नियमित रुपमा गरेको खण्डमा उसको गर्भमा रहेको बच्चाको मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । साथै यसले भ्रूण तंत्रिका ट्यूबको विकास र ट्रयूबमा कुनै पनि प्रकारको आइपर्ने खरावीलाई रोक्ने काम गर्छ ।

३। छालाको बचाबट( भिन्डीमा भिटामीन सी र फाइवर विषाक्त रोक्ने गुण हुने भएकाले यसको प्रयोग गर्नाले शरिरमा हुने तन्तुहरु, अनुहारमा आउने डन्डीफोरको नियन्त्रण, छालामा हुने करुपपना, र अरु छाला संबद्ध समस्याहरु समाधान गर्छ ।

४। यौनाङ्गमा हुने समस्याहरुको रोकथाम गर्छ( भिन्डी प्रयोग गर्नाले यौनाङ्गमा हुने समस्याहरु जस्तै सिपलीश, महिनाबारीमा हुने अत्यधिक रक्तस्राव, ल्यूकोरिया, गनोरिया, अत्यधिक मात्रामा देखिने यौन चाहनामा कम लगायतका यौन रोगहरुबाट छुटकारा दिलाउछ ।
५। दम तथा श्वासप्रश्वासको उपचार( भिन्डी प्रयोग गर्नाले दमका रोगीहरुलाई पनि फाइदा मिल्छ । यसको सेवन गर्नाले दम रोगीहरुमा भैपरि आउने आक्रमणबाट बचाउछ । भिन्डीमा भिटामीन सीको मात्रा प्रशस्त मात्रामा पाइन्छ र जसले छाला चिलाउने समस्या समाधान गर्छ ।





६। पेट तथा आन्द्रा संबद्ध क्यान्सर माधानमा सहयोग पुर्याउँछ (भिन्डीमा पाइने अघुलनशिल रेशाले आन्द्रा सफा पार्ने र पेटमा हुन सक्ने खतरना ट्यूमरलाई पनि कम पार्ने काम गर्छ । भिन्डीमा एक प्रकारको रोग प्रतिरक्षात्म गुण हुन्छ जसले क्यन्सर जस्तो भयानक रोगसँग पनि जुध्न सक्छ ।
७। रोग प्रतिरक्षा क्षमता( भिन्डीमा एक प्रकारको विषादी नियन्त्रण गर्ने क्षमताका साथै भिटामिन सी हुन्छ जसले खाना राम्रो सँग पचाउने काम गर्छ। खाना सहजै पचाउन सक्ने क्षमता भएको मानिस निरोगी हुन्छ ।
८। फाइवर स्रोतको मात्रा अत्यधिक हुन्छ( भिन्डी प्रयोग गर्नाले खाना सजिलै पच्छ । भिन्डीमा उपलब्ध फाइवरको सहायताले खाना पाचन प्रणाली सहज हुन्छ र सजिलै खाना पच्छ ।
९। प्रोटिनको मात्रा अत्यधिक हुन्छ( भिन्डीको बिउमा प्रोटिन, सल्फर अमिनो एसिड लागयतकोे मात्रा प्रशस्त हुन्छ जुन हाम्रो स्वास्थयका लागि अति आवश्यक हुन्छ ।
१०। कपालको सुरक्षा गर्ने क्षमता( भिन्डीमा केसलाई बाचाइ राख्ने गुण हुन्छ र यसले चायाँ, जुम्रा, लिखा, कपाल चिलाउने समस्या लगायतलाई सखाप पारि दिन्छ ।
११। घाम बाट बचाउँछ ( भिन्डीको प्रयोग गरेको खण्डमा घामका कारण हुने कमजोरी, थकान जस्ता समस्याबाट समाधान पाउन सकिन्छ ।
१२। कब्जियत समस्या समाधान गर्छ( भिन्डीमा उपलब्ध फाइवरले पेटमा संचो पार्नुका साथै दिशा सफा पार्छ । भिन्डीमा हुने चिल्लो पनाले पेटमा संचो ल्याउछ ।
१३। उपयुक्त आहार ( भिन्डीले पनि दहिले जस्तै पाचन प्रक्रियालाई यथावत राख्न सहायता पुर्याउँछ । यसमा उपलब्ध भिटामीन बिले यस्तो कार्यमा सहयोग पुर्याउने गर्छ ।
१४। चिनी बिरामीका लागि( भिन्डीले ग्लुकोजको मात्रालाई घटाउने काम गर्छ । भिन्डीमा उपलब्ध इयुजेनोल फाइवरले ग्लुकोजलाई नियन्त्रण गर्ने काम गर्छ जसका कारण चिनी बिरामीहरुलाई भिन्डी सेवन लाभदायक हुन्छ ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.