-->
ग्यास्ट्रिक समस्यामा घरेलु उपचार



अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन् :
क. वान्ता आउनु
ख. लगातार हिक्क हिक्क आउनु
ग. पेट दुख्नु
यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छ:
पानी पिउनुस् : पानी थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा कमसे कम आठ गिलास पानी अवश्य पिउनुस् । ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुखेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ ।


मेवा : मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ ।
पुदिना : पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ ।
मरिच : अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ ।





अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । सुक्खा अदुवाको काढा बनाएर पिउँदा पनि हुन्छ ।
पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्‍याउछ ।
मही : अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.