सप्तरी– पूर्व पश्चिम राजमार्ग अन्तर्गत
सप्तरीको पोर्ताहा–८ स्थित
महुली पुलमुनि राखिएका दुई वटा सिलिण्डर
बम सेनाको प्राविधिक टोली निष्कृय पारेको छ
।
पुललाई क्षति पुर्याउने उद्देश्यले तार र
डोरी जोडेर विष्फोट गराउन राखिएको उक्त
सिलिण्डर बम आइतवार विहान स्थानियले देखेपछि
प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले बम भएको पुष्टि भईसकेपछि
उक्त स्थानलाई नियन्त्रणमा लिई बाटो आवागमनसमेत
बन्द गराएका थिए । कृष्णदलगण राजविराजबाट गएको
डिष्पोजल टोलीले विहान ११ बजे बम
निष्कृय बनाएको थियो ।
बम कसले राखेको हो त्यो भने खुल्न नसकेको र
आवश्यक अनुसन्धान भईरहेको प्रहरी
उपरिक्षक भिमप्रसाद ढकालले बताए ।
तीन साताअघिपनि नेपाली
कााग्रेसका सभाषद् सुरेन्द्र यादवको राजविराज–५ स्थित
निवासमा अज्ञात समूहले राखेको सिलिण्डर बम फेला
परेको थियो । उक्त बम पनि सेनाको प्राविधिक
टोलीले नष्ट पारेको थियो
यता, राजमार्ग क्षेत्रमा बम फेला परेपछि
प्रहरीले सुरक्षा गस्ती
बढाएको छ । मधेशवादी दलको सिमानाका र
राजमार्ग केन्द्रित आन्दोलनका कारण सुरक्षा
स्कटिङ्गमा सवारीसाधन गन्तब्यसम्म
पुर्याउने कार्य भइरहदाा त्यसलाई अवरोध गर्ने नियतले
पनि पुलमुनि बम राखिएको हुनसक्ने
प्रहरीको अनुमान छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...