काठमाडौं – भारतीय गाडी
आगजनी गर्दै भारतविरुद्ध संघर्षमा
उत्रिएको नेत्र विक्रम चन्द ‘विप्लव’
माओवादीले भारतीय न्यूज
च्यानल पनि बन्द गराएको छ । नेपाल केबल टेलिभिजन
व्यवसायी महासंघलाई पत्र लेखेर च्यानल
बन्द गराउन चेतावनी दिएपछि महासंघले
शनिबार साँझदेखि काठमाडौंमा भारतीय न्युज
च्यानल बन्द गराएको हो ।
महासंघका केन्द्रीय सदस्य मनोज गुरुङले
विप्लव माओवादी र नागरिक समाजको
अनुरोधमा भारतीय न्युज च्यानल बन्द
गराइएको जानकारी दिए ।
‘हामीलाई अहिले देशको परिस्थिति र
राष्ट्रियताको विषयलाई ध्यानमा राख्दै विप्लव
माओवादीले पत्र लेखेर च्यानल बन्द गर्न
अनुरोध गरेको थियो । त्यस्तै नागरिक समाजबाट पनि
त्यस्तै सुझाव आएको छ,’ उनले भने, ‘यसैका आधारमा
हामीले शनिबार साँझदेखि काठमाडौंमा लगायत
केही स्थानमा भारतीय न्युज
च्यानलको प्रशारण रोकेका छौं । तर, अहिले सबै ठाउँमा
बन्द भने भएको छैन ।’
यसअघि पनि गत असोज महिनामा महासंघले
भारतीय च्यानलहरु बन्द गराएको थियो ।
त्यसबेला महासंघले विज्ञप्ति निकालेर प्रशारण बन्द
नगरे भौतिक कारवाही गर्नेसम्मको
चेतावनी आफूहरुलाई आएको
जानकारी गराएको थियो । तर, सरकारले
निर्देशन दिएपछि प्रशारण पुन खुला गरिएको थियो ।
गुरुङले भने, ‘हामीलाई प्रशारण गर्न कुनै
आपत्ति होइन । तर, सरकारले सुरक्षा दिनुप¥यो ।’
विप्लव माओवादीले यसअघि विज्ञप्ति
निकालेर भारतीय हस्तक्षेप र
नाकाबन्दीको विरोधमा नेपालमा
भारतीय सवारी साधन, च्यानल र
सिनेमा बन्द गर्न आह्वान गरेको थियो । यसअघि विप्लव
माओवादीले भारतीय नम्बर
प्लेटका सवारीसाधनमा आगजनी
गरिसकेको छ ।
भारतीय मिडिया भन्छ, ‘यो नेपाल सरकारकै
काम हो’
भारतीय मिडियाले भने सरकारी
निर्देशनमा नै नेपालमा भारतीय न्युज च्यानल
बन्द भएको दाबी गरेका छन् । नेपाल–
सम्बन्धमा चिसोपन आएको र भारतीय
मिडियाले मधेसबारे सही सूचना सम्प्रेषण
नगरेको भन्दै भारतीय न्युज च्यानल बन्द
गरिएको उनीहरुको दाबी छ ।
तर, सञ्चारमन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले
भने भारतीय न्युज च्यानलहरु बन्द गर्ने
बारे कुनै निर्देशन नदिएको बताए ।
रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अहिले
हामीले च्यानल बन्द गराउने बारे कुनै
त्यस्तो निर्देशन दिएका छैनौं । बरु, यसअघि केबुल
एसोसिएसन आफैले बन्द गर्दा मन्त्रालयले पत्र काटेरै
भारतीय च्यानलहरु खुला गर्न निर्देशन
दिएको थियो ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...