-->
उपेन्द्र महतोको ‘५ करोडको औषधि’ माथि अस्ट्रेलियन मिडियाले उठायो गम्भिर प्रश्न

काठमाडौं – एनआरएन पूर्व अध्यक्ष उपेन्द्र
महतोले गत मंसिर ९ गते एक कार्यक्रमबीच
नेपाल सरकारलाई साढे ३ करोडभन्दा बढी
औषधि हस्तान्तरण गरे । भारतीय
नाकाबन्दीले मुलुकमा औषधिको चरम
अभाव हुन थालेपछि ती औषधि सहयोग
स्वरुप सरकारलाई प्रदान गरिएको महतोले
बताएका थिए । देश अप्ठ्यारो स्थितिमा
परेको बेला महतोको सहयोगलाई धेरैले
प्रशंसा गरे पनि एक अस्ट्रेलियन मिडियाले
भने ठूलो प्रश्न उठाएको छ । उक्त
मिडियाले महतोको बारेमा भएको
मिडिया कभरेजलाई ‘भ्रामक’ भएको
संज्ञासमेत दिएको छ ।
के थियो समाचार ?
फूलकुमारी मेमोरियल ट्रस्टका अध्यक्ष
समेत रहेका महतोले गत मंसिर ९ गते एक
कार्यक्रमकाबीच ३ करोड ६१ लाख रुपैयाँ
बराबरको औषधि स्वास्थ्यमन्त्री रामजनम
चौधरीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा उनले भारतीय नाकाबन्दीले
मुलुकमा औषधिको अभाव भएकाले
फूलकुमारी महतो मेमोरियल ट्रस्ट, नेपाल
मेडिसिटी, ग्रान्डी इन्टरनेसनल हस्पिटल र
एनएमसी हेल्थ केयर दुबईले संयुक्त रूपमा ३
करोड ६१ लाख ४१ हजार ९ सय २४ रुपैयाँ
बराबरको औषधि सरकारलाई सहयोगस्वरूप
प्रदान गरेको बताएका थिए । महतोका
अनुसार नेपालीका लागि एनएमसी हेल्थ
केयर दुबई र सम्बद्घ स्वास्थ्य संस्थाबाट
प्राप्त ५ करोड ४ लाख ७ सय २८ रुपैयाँ
बराबरका औषधि र स्वास्थ्य सामग्री
सहयोगस्वरूप प्राप्त भएको थियो ।
सहयोगमध्ये बाँकी १ करोड ४२ लाख ५८
हजार ८ सय ४ रुपैयाँ बराबरको औषधि र
स्वास्थ्य सामग्री ट्रस्टमार्फत फूलकुमारी
महतो मेमोरियल हस्पिटल तथा ट्रस्ट
सम्बद्घ अस्पतालबाट बिरामीलाई
निःशुल्क उपचारमा उपयोग गरिने पनि
उनले जानकारी दिएका थिए ।
अस्ट्रेलियन मिडिया भन्छ, ‘महतोले
झुक्काए’
अस्ट्रेलियन मिडिया साउथएसिया डट
एयुले उपेन्द्र महतोबारे ५ करोडको समाचार
भ्रामक भएको दाबी गरेको हो । ‘उपेन्द्र
महतोले औषधि प्रदान गरेको समाचारबाट
दुईवटा सन्देश दिन खोजेको देखियो –
पहिलो महतोले पनि आफै औषधि खरिदमा
सहयोग गरे र दोस्रो भारतीय
नाकाबन्दीबाट पीडित भएका नेपाली
जनताका लागि उक्त औषधि सहयोग
गरिएको हो । तर, यो दुवै गलत छ,’
समाचारमा भनिएको छ ।
भारतीय नाकाबन्दी भएपछि विभिन्न
संस्थाले औषधि सहयोग गरेको भनिए पनि
उक्त औषधि गत जेठमा नै युएईको संस्था
एनएमसीले भूकम्प पीडितका लागि
पठाएको थियो । उक्त औषधि भारतीय
नकाबन्दी नभएर वैशाख १२ को भूकम्पबाट
पीडित बनेकाका लागि लक्षित थियो ।
‘६ महिनासम्म उक्त औषधि ग्राण्डी
अस्पतालको स्टोर रुममा किन थन्किएको
थियो ?’ साउथएसिया डट एयुले प्रश्न
गरेको छ, ‘आधा वर्ष अगाडि पठाएको
औषधि हस्तान्तरण गर्न किन अहिले आएर
कार्यक्रम गरियो ?’
एनएमसीको वेबसाइटमा जेठ १८ गते १८ लाख
दिराम बराबरको औषधि नेपाललाई
भूकम्पपीडितहरुका लागि उपलब्ध
गराएको उल्लेख गरेको छ । जुन नेपाली
रुपैयाँमा ५ करोड २३ लाख हुन आउँछ ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.