-->
१९ वर्षिया सुन्दरीको अनौठो किर्तिमान

अमेरिकाको मिसौरी स्टेटकी १९
वर्षिया कैटलीन कोनेर एक मोडल तथा
अभिनेत्री हुन् । तर उनी रोलर
स्केटिंगमा रमाइरहेकी छिन् । उनले सन्
२००८ मा पछाडिबाट सबैभन्दा लिम्बो स्केटिंगको अधिक
लम्बाईको यात्रा गर्दै विश्व कीर्तिमान
बनाएकी थिइन् । त्यतिबेला उनको उमेर केवल
११ वर्षको थियो ।
त्यसपछि निरन्तर उनले पछाडीबाट स्केटिंग
गर्दै आएकी छिन् । केवल ४ वर्ष ६
महिनाको छदाँ स्केटिंग गर्न थालेकी
कैटलिनलाई शुरुवातमा आमाबाबुले सहयोग गरेका थिए ।
बिस्तारै उनले आफैँ स्केटिंग गर्न थालिन् । लिम्बो एक
पश्चिमी नृत्य हो । कैटलिन स्केटिंग गर्दै
यस्तो नृत्य गर्छिन् । उनी हरेक हप्ता १५
घण्टा यसको अभ्यास गर्छिन् । अहिले उनको परिचय
लिम्बो क्विनका रुपमा स्थापिछ । उनले भर्खरै होलिडे इन
कमर्शियल नामक शोमा आफ्नो लिम्बो क्षमता प्रदर्शन
गरिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.