काठमाडौं । चलचित्र एवं म्यूजिक भिडियोमा छोटा लुगा लगाउन मन नपराउने
अनु शाह डे्रसअप भन्दा पनि बेजोड अभिनयमै अगाडि छिन् । पछिल्लो समय
एउटा चलचित्रमा साकिरा स्टाइलको डान्स गरेकी छिन् अनुले ।
रञ्जीत रानाको निर्देशन रहेको ‘बाजीगर’ मा
अनुले सेक इट लाईक सकिरा …बोलको गीतमा नृत्य
गरेकी छिन् । जुन गीतमा स्वर रहेको छ
इन्दिरा जोशीको ।
बसन्त सापकोटाको संगीतमा स्वप्नील बरालले
लेखेको उक्त गीतमा कविराज गहतराजको नृत्य निर्देशन
रहेको छ । गीतलाई बोल्ड बनाउनका लागि जसरि अनुले जसरि
मेहनत गरेकी छिन् कोरियोग्राफरले पनि उत्तिकै मेहनत
गरिन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...