-->
जलवायु सम्मेलनको पूर्वसन्ध्यामा पेरिसमा जुत्ता प्रदर्शन ! ओबामादेखि सी जिनपिङसम्म फ्रान्सको राजधानीमा भेला हुँद

प्लास द ला रिपब्लिकमा पर्यावरण जोगाउन दवाव दिने उद्देश्यले
आयोजित प्रदर्शनमा रोक लगाएपछि रिसको झोकमा जुत्ता राखेर
गरिएको प्रदर्शन । तस्वीर :
एएफपी
अनुराधा पौडेल, फ्रान्स
शृंखलावद्ध आतंककारी हमला भएको दुर्इसातामै पेरिसमा
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको
बीसौं शृंखला (कोप- २०) सोमबारदेखि शुरु हुँदैछ । सुरक्षाको
दृष्टिले अत्यन्त संबेदनशील अवस्थामा रहेको पेरिसमा
आयोजित यो सम्मेलनले विश्वको तापमान वृद्धिलाई सन् २१०० सम्म दुर्इ
डिग्रीमा झार्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र
चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि पेरिस आउँदैछन् । ११५ देशका
राष्ट्रहरुले भाग लिने यो सम्मेलनमा ४० देशका राष्ट्र प्रमुखहरु आफैं आउने
योजनामा छन् ।
आजै साँझ आ-आफ्ना देशका तर्फबाट कार्बन उत्सर्जन
न्यूनीकरणका लागि आ-आफ्नो देशले गर्नैपर्ने
बाध्यात्मककारी भूमिका सम्बन्धी विषय
समेटिएको एक अन्तराष्ट्रिय सझौतामा हस्ताक्षर हुँदैछ। यो सम्झौतामा
फ्रान्स, ब्राजिल, चीनलगायत विश्वका अरु उदयमान
मुलुकहरुलेसमेत हस्ताक्षर गर्दैछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.