-->
आजको बन्दमा सवारी साधनमा तोडफोड नगरिन

फोटो :फाइल फोटो
आजको बन्दमा सवारी
साधनमा तोडफोड नगरिने
अन्नपूर्ण
|
काठमाडौं: नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतले
लगाएको नाकावन्दीको बिरोधमा सवारी साधनमा तोडफोड
नगरिने मौलिक प्रकृतिको बन्द आब्हान गरेको छ ।
बन्दको अघिल्लो दिनमा भारतीय राजदुतावासको सवारी
साधनमा आगजनी गरिएको दावी गर्दै चन्द नेतृत्वको
माओवादीका नेता कार्यकर्ताले बन्दको दिनमा सञ्चालन हुने
सवारी साधन तोडफोड नगर्ने जनाएका छन ।
‘देशको अस्तित्व र नेपाली जनताको स्वाभिमानको रक्षाको विषय
अहिलेको मुख्य विषय बन्न पुगेको छ । विषयको यही
संवेदनशीलता एवं गम्भीरतालाई दृष्टिगत
गरी हाम्रो पार्टीले देश माथिको भारतीय
हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको
कहालीलाग्दो जनजीवन र नेपाली
दलालहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका
विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा मंसिर १३ गते मौलिक
रुपको नेपाल बन्द कार्यक्रमको आयोजना गरेको छ’ सो पार्टीका
प्रवक्ता खडगबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ले शनिवार जारी
गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको
हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो
बल्न बन्द भएको संकटको भूमरीमा पारिएको उल्लेख गर्दै
बिज्ञप्तिमा भनिएको छ ‘यो भारतीय विस्तारवादी
शासकको अतिक्रमणकारी, बर्बर जंगली र मानवता
एवं मानवअधिकार विरोधी विचार, प्रवृत्ति र रबैयाको परिणाम हो
।’
माओवादीको युवा संगठन राष्ट्रिय स्वंयम सेवक संघका संयोजक
झकबहादुर मल्लका अनुसार भारतीय राजदुतावासद्धारा भइरहेको
राजनीतिक हस्तक्षेप बिरुद्ध साँकेतिक रुपमा
भारतीय दुतावासको सवारी साधन माथि
कार्वाही गरिएको हो । भारतीय दुतावासले भने सो
घटनालाई दुर्घटनाको संज्ञा दिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.