-->
हतियारसहित नेपाल प्रवेश गरेका एसएसबीका १३ सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं – नेपाल प्रवेश गरेको भारतीय
सीमा सुरक्षा बल
(एसएसबी)का १३ जनालाई सशस्त्र
प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको
केचना नाकाबाट नेपाल छिरेका उनीहरुलाई
आइतबार बिहान प्रहरीले नियन्त्रणमा
लिएको हो ।
हतियारसहित नेपाल प्रवेश गरेका
उनीहरुलाई नियन्त्रणमा लिएर केचनामा
रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा
राखिएको छ ।
कसरी, किन एसएसबी
टोली नेपाल प्रवेश गर्यो भन्ने विषयमा
अहिले अनुसन्धान भइरहेको झापाका प्रमुख जिल्ला
अधिकारी तेजप्रसाद पौडेलले
रातोपाटीलाई बताए । उनले यसबारे थप
अनुसन्धान भइरहेको जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.