-->
मोर्चाका कार्यकर्ताले ७० वर्षीय बयोबृद्धलाई जिउँदै आगो लगाए, दुवै खुट्टा जल्यो

कपिलवस्तु–कपिलवस्तु जिल्लाको पतरिया गाविस–५ का
एक बयोबृद्धालाई मोर्चाका कार्यकर्ताले पेट्रोल
छर्की जिउँदै आगो लगाएका छन् । शनिबार
साँझ पतरीया चोकमा रहेका बर्ष ७० का
बृज मोहन मुराउलाई मोर्चाका कार्यकर्ताले पेट्रोल
छर्की आगो लगाएका हुन् ।
आगलागीबाट उनका दुई खुट्टा जलेका छन् ।
पेट्रोल छर्केर आगो लगाएका मुराउलाई बचाउन
स्थानीयवासी सक्रिय भएकोले
उनी जल्नबाट बचेका हुन् । आगो लगाउँदा–
लगाउँदै स्थानीयवासी नजिकै
भएकोले मुराउको पुरै शरीर जल्नबाट बचेको
छ । घाइते मुराउको अहिले स्थानीय
सामुदायिक अस्पतालमा उपचार भइरहेको
प्रहरीले जनाएको छ ।
स्थानीय बुधराम पासीकाअनुसार
कपिलवस्तुको बाणगंगा नगरपालिका दानापुर
निवासी प्रेम थारुले मोटरसाइकलमा ल्याउँदै
गरेको करिब ३० लिटर डिजेल र ५ लिटर पेट्रोल मोर्चाका
कार्यकर्ताले नियन्त्रणमा लिई आगो लगाएका थिए ।
नियन्त्रमा लिइएको पेट्रोलमा आगो लगाउँदै गर्दा बयोबृद्ध
बृज मोहन मुराउ सोही स्थानबाट घर
फर्किदै थिए । सोही बेला मोर्चाका
कार्यकर्ता तौलेश्वर लोनियाले बृद्धलाई समाति पेट्रोल
छर्केर आगो लगाएका थिए । घटना घटेपछि
स्थानीयवासीले
प्रहरीलाई खबर गरे लगत्तै घटनास्थल
पुगेका प्रहरीले बृद्धा जलाउने मोर्चाका
कार्यकर्ता नजिकै रहेपनि कुनै कारबाही
गर्न सकेको छैन् ।
बृद्ध जलाउने मोर्चाका कार्यकर्तालाई
प्रहरीले केहि नगरेको भन्दै
स्थानीयवासी आक्रोसित बनेका
छन् । एक हप्ताअघि सप्तरीमा
प्रहरी र मोर्चाका कार्यकर्ता बिच भएको
झडपमा ३ जनाको मृत्यु भएपछि मोर्चाले आफ्नो
आन्दोलन अराजक बनाउँदै आएको छ । कपिलवस्तुमा
पनि आन्दोलनलाई हिंसात्मक बनाएका मोर्चाका
कार्यकर्ताले जिल्लाका विभिन्न स्थानमा
सवारी साधनमाथि मान्छे जलाउने,
सवारी साधनको आगजनी र
तोडफोड गर्दै आएका छन् ।
मधेसी मोर्चाले मंसिर ५ गते राती
जिल्लामा दुई जिपमा आगो लगाएका थिए भने ६ गते बिहान
प्रशासन कार्यलय अगाडि नै जिल्ला स्वास्थ्य
कार्यालयको मोटरसाइकल जलाएका थिए । मोर्चाका
कार्यकर्ता पछिल्लो समय तस्करमा पनि सक्रिय भएका
छन् । दिनभरी आन्दोलनको नाममा अराजक
गतिबिधि गर्ने र रातभरी भारतमा गई पेट्रोल
लिई कालोबजारी गर्नमा मोर्चाका कार्यकर्ता
लागेको सुरक्षा स्रोतले जनाएको छ । करिब ३
महिनाभन्दा बढी भएको बन्दको फाइदा
उठाउँदै पेट्रोल तस्करी गरी
रातरात पैसा कमाउन माफियाहरु सक्रिय छन् ।
अहिले केहि नभएका हरु पनि यो बन्दपछि
तस्करीबाट कति नयाँ मोटरसाइकल चडेका
छन् भने कतिले त नयाँ घर पनि ठडाएका छन् । जिल्ला
प्रशासन कार्यलयले भने गलत कार्य गर्नेप्रति कुनै
कारबाही गरेको छैन् ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.