-->
बेलन डि’अरको अन्तिम तीनमा मेसी, रोनाल्डो र नेयमर

मंसिर १४, २०७२- फिफा बेलन डि’अर अवार्डमा
बार्सिलोनाका दुई खेलाडी लियोनल मेसी र
नेयमरले रियल मड्रिडका क्रिष्टियानो
रोनाल्डोसँग प्रतिस्पर्धा गर्ने भएका छन् । आज
जारी गरिएको अवार्डको अन्तिम सर्ट लिस्टमा
यी तीन खेलाडी छानिएका हुन् ।
आउने जनवरी ११ मा वितरण गरिने यो अवार्डलाई
वर्षको उत्कृष्ट फुटबलर छान्ने अवार्ड मानिन्छ ।
मेसी र रोनाल्डो यो अवार्डको उत्कृष्ट तीनमा
लगातार आठौं वर्ष परेका हुन् भने नेयमर पहिलोपल्ट
तीनमा परेका हुन् ।
यस वर्ष उत्कृष्ट तीनमा परेका तीनैजना स्पेनिस
लिगमा खेल्ने खेलाडी हुन् । यो अवार्ड मेसीले
लगातार ४ पटक यो अवार्ड जितेका छन् भने गत
वर्षसहित रोनाल्डोले ३ पटक जितेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.