-->
भारतलाई देखाउन वार्ताको नाटक: उपेन्द्र यादव

विराटनगर: संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष
उपेन्द्र यादवले सरकारले भारतलाई देखाउनकै लागि मात्र
वार्ताको नाटक गरिरहेको बताएका छन् ।
विराटनगरस्थित आफ्नै निवासमा सोमबार साँझ पत्रकार
सम्मेलन गर्दै यादवले भने,‘परराष्ट्रमन्त्री भारत जाने तयारी
गर्दै हुनुहुन्छ हामी वार्ता गर्दैछौं भन्ने देखाउनकै लागि
वार्ताको नाटक भइरहेको छ ।’
आफूहरु वार्ताबाटै समस्याको समाधान हुनुपर्ने पक्षमा
रहेको तर सरकार गम्भीर नभएको बरु अरुलाई देखाउनका
लागि वार्ता गरेको नाटक गरिरहेको आरोप लगाए ।
विगतका सम्झौता कार्यान्वयन हुने प्रतिबद्धता
नआउञ्जेल वार्ता अघि नबढ्ने उनको कथन थियो । उनले
सोमबारको बैठक पनि औपचारिक रुपमा मुल मुद्दामा प्रवेश
नगरेको बताउँदै यादवले भने,‘वुधबार पनि त त्यस्तै होला नि
तर हामी वार्ताबाट भाग्दैनौं आन्दोलन पनि रोक्दैनौं ।’
उनले पूर्वका दुई नाकाहरु जोगबनी र काकडभिट्टा केन्द्रीत
आन्दोलन चलाउन मोर्चाले छलफल गरिरहेको बताउँदै
आन्दोलन अनुशासित हुने जिकिर गरे ।
यादवले सिमाङ्कनको विषयमा कुरा नमिल्दासम्म वार्ता
सफल नहुने चर्चा गर्दै सरकारले अबको वार्तामा के तयारी
गर्छ त्यो पनि पर्खेर बसेको बताए ।
उनले भने,‘मधेशी, आदिवासी जनजातिसँग भएको सम्झौता
कार्यान्वयन सहितको संघीयता नै हाम्रो माग हो ।’
यादवले सरकार तस्कर र भ्रष्टहरुलाई साथ लिएर आफै
कालोबजारी गराउन उद्धत रहेको पनि आरोप लगाए ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.