काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली
कांग्रेसले मधेसी मोर्चाले सरकारसामु
राखेको ११ बुँदे मागबारे अनविज्ञता प्रकट
गरेपछि मधेसी मोर्चासँग आज भएको
वार्ता विफल भएको छ ।
बालुवाटारमा भएको सत्तारुढ दल, कांग्रेस
र मोर्चाबीच भएको त्रिपक्षीय
वार्ताका क्रममा मोर्चाका नेताहरुले
सीमांकनसहितको आफूहरुको ११ बुँदे माग
पुन दोहोर्याएपछि कांग्रेसले सोबारे
अनविज्ञता प्रकट गरेको थियो ।
सो विषयमा कांग्रेसले पार्टीभित्र छलफल
गर्ने र भोलि फेरि सत्तारुढ दलसँग छलफल
गरि आगामी मंसिर १६ गते फेरि वार्तामा
बस्ने सहमति भएको एक नेताले जानकारी
दिए ।
यद्यपी आज सहमतिका मिलविन्दुका
विषयमा गम्भीर छलफल भएको ति नेताको
भनाई छ ।
नेताहरुको अनुसार आजको बैठकमा
प्रधानमन्त्री केपी ओली गम्भीर रुपमा
प्रस्तुत भएका थिए । उनले कुनैपनि हालतमा
सहमति हुनुपर्ने भन्दै रातीसम्म बसेर भएपनि
निकास खोज्नुपर्नेमा पटक पटक धारणा
राखेका थिए ।
ओलीले आह्वान गरेको त्रिपक्षीय
वार्तामा मोर्चाका नेता महन्थ ठाकुरको
नेतृत्वमा दोस्रो तहका नेताहरु हृदय
त्रिपाठी, लक्ष्मणलाल कर्ण रामनरेश राय
र लालबाबु रावत सहभागि दिए भने
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली
काँग्रेसका शीर्ष नेताहरुको सहभागिता
रहेको थियो ।
तर, मोर्चाका उपेन्द्र महतो, राजेन्द्र
महतोलगायतका उच्च नेताहरु भने बैठकमा
सहभागि बनेनन् । उनीहरु आन्दोलनको नयाँ
रणनीति बनाउन भन्दै विराटनगरमा रहेको
बताइएको छ ।
मधेसी मोर्चाले समानुपातिक समावेशी
प्रतिनिधित्व, जनसङ्ख्याका आधारमा
निर्वाचन क्षेत्रलगायतका ११ बुँदे माग
अगाडि सारेको छ । यस्तै, सङ्घीय
संरचनाको सीमाङ्कनमा पनि प्रष्ट
धारणा आउनुपर्ने मोर्चाको माग छ ।
मोर्चाले उठाएका विषयमध्ये तत्काल पूरा
गर्न सकिने मागलाई संविधान संशोधनका
माध्यमबाट समाधान गर्ने र अन्य मागलाई
उच्चस्तरीय राजनीतिक समिति तथा
संसदीय समितिमार्फत अगाडि बढाउन
सकिने प्रस्ताव एमाओवादी अध्यक्ष
प्रचण्डले राख्दै आएका छन् ।
तर, काँग्रेसले भने आफू नेतृत्वको सरकारले
सदनमा प्रस्तुत गरेको संविधान संशोधनको
प्रस्तावलाई पारित गरिए समस्या
समाधानमा मार्गप्रशस्त हुने धारणा राख्दै
आएको छ ।
लामो समयदेखिको तराई मधेसको बन्द र
भारतको अघोषित नाकाबन्दीका कारण
मुलुकको जनजीवन प्रभावित भएकोमा सबै
विषयलाई वार्ता र संवादका माध्यमबाट
अगाडि बढाउनुपर्नेमा दलहरु एक मत रहेपनि
वार्तामा भने कुनै सहमति हुन नसकेको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...