-->
इन्धन ल्याउन नेपाललाई बन्दरगाह प्रयोग गर्न दिन्छौं : बंगलादेशी राजदूत

काठमाडौं : नेपालका लागि बङ्गलादेशका राजदूत
मास्फी बिन्ते साम्सले नेपालले अन्य देशबाट इन्धन ल्याएमा
आफूहरुले बङ्गलादेशको चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोग
गर्न अनुमति दिन सकिने बताएकी छन् ।
रिपोर्टर्स क्लबमा सोमबार आयोजित साक्षात्कारमा
राजदूत साम्सले नेपालमा आपूर्ति व्यवस्थापनमा असहज
स्थिति आएपछि नेपाली प्रतिनिधिमण्डल बङ्गलादेशको
भ्रमणमा गएको स्मरण गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
राजदूत साम्सले नेपाललाई मंगला र चटगाँउ बन्दरगाह
प्रयोग गर्न भनिसकेको बताइन् । उनले नेपालले हवाई इन्धन
व्यापारका लागि पनि अनुरोध गरेकाले त्यसबारेमा
बंगलादेश सरकार सकारात्मक रहेको उल्लेख गरिन् ।
नेपाल र बंगलादेशबीच ब्यापार अघि बढाउन बंगलादेशका
सवारीसाधन नेपालमा आउनका लागि मोटर भेर्इकल
सम्झौता गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपालका मालवाहक साधनहरु बंगलादेश जानसक्ने भएपनि
बंगलादेशका सवारीसाधन आउन नपाउने भएकाले त्यसका
लागि दुर्इ देशबीच सम्झौता जरुरी रहेको बताइन् ।
राजदूत साम्सले रोहनपुर-सिहबाद हुँदै राधिकापुरसम्म
रेलको सुविधा पनि उपलब्ध भएकाले त्यही ठाउँबाट पनि
दुर्इ देशबीच व्यापारिक कारोबार गर्न सकिने उल्लेख गरिन्

उनले दुर्इ देशबीचको व्यापार विस्तारका लागि आफूहरुले
गरेको २०८ वटा बस्तुमा शून्य भन्सारको प्रस्तावलार्इ
नेपाल सरकारले अनुमोदन गर्नेमा आफू ढुक्क रेहको बताइन ।
सन् १९७१ को बंगलादेश स्वतन्त्रता आन्दोलनमा नेपालले
नैतिक र भौतिक सहयोग गरेको सम्झिँदै उनले बंगलादेशले
पनि नेपालमा भूकम्पपछि तत्कालै खाद्यान्न,
चिकित्सकहरु र औषधिसहित एक करोड २० लाख अमेरिकी
डलर बराबरको सहयोग गरेको जानकारी गराइन् ।
गत वर्ष बङ्गलादेशले ६० लाख अमेरिकी डलर बराबरको
विद्युतीय सामग्री र लुब्रिकेन्ट्सलगायतका ४० वटा
उत्पादन नेपालतर्फ निर्यात गरेको जानकारी पनि उनले
दिइन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.