-->
जाडोमा मुहारको चमक

मंसिर १४, २०७२ जाडोमा मुहारको चमक
–राति सुत्नुभन्दा पहिले दूधको तर मुहार तथा
हात–खुट्टामा दल्नुपर्छ ।
–बदाम, बटर र चन्दन पाउडर मिसाएर
प्याकका रूपमा लगाउनुपर्छ ।
–केही बदाम भिजाएर बोक्रा निकाली
त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि यसमा एक
चम्चा सुन्तला र गाजरको रस तथा दूध
मिसाउनुपर्छ । यसलाई मुहार एवं गर्दनमा
प्रयोग गर्न सकिन्छ ।
–जाडोमा छालाको सफाइमा त्यति ध्यान
जाँदैन जति गर्मीमा जान्छ । क्लिन्जिङ
गरेपछि मोइस्चराइजर प्रयोग गर्नुपर्छ । सकेसम्म
हर्बल प्रोडक्ट प्रयोग गर्नुपर्छ । जाडोमा
छालाका लागि भिटामिन इ ओओयल तथा
अरोमेटिक ओओयल लाभदायक हुन्छन् ।
यसबाहेक निम्न घरेलु उपाय पनि अपनाउन
सकिन्छ ।
–ग्लिसरिन, हनी र बटर मिसाएर लोसनका
रूपमा प्रयोग गर्नुपर्छ ।
–महमा पर्याप्त मोइस्चराइजर हुन्छ । मह रुखो
छालाका लागि वरदान साबित हुन्छ ।
फेसप्याक बनाउँदा वा मालिस गर्दा एक
चम्चा मह मिसाए छालामा चमक आउँछ ।
–एउटा सानो चम्चा दूध पाउडर, एक चम्चा
बेसन तथा दुई चम्चा गुलाबजल मिसाएर
मुहारमा लगाई सुकेपछि पखाल्नुपर्छ ।
–एउटा सानो चम्चा मह, दुई चम्चा बेसन, एक
चम्चा दूधको तर मिसाएर प्रयोग गर्दा छाला
कोमल एवं नरम रहन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.