ताजा खबर, काठमाण्डौ । भारतले गरेको अघोषित
नाकावन्दी विरुद्ध हास्यँकलाकार राजा राजेन्द्रले आफ्नो
प्रस्तुतीमार्फत व्यंगात्मक विरोध गर्न थालेका छन् ।
उनले हालै नेपालीहरुको शक्तिको गरिमालाई
पुर्नताजगी गरेका छन् । हाँस्यकलाकार राजा राजेन्द्रले
कविता मार्फत भारतका प्रधानमन्त्री नरेन्द्र
मोदीलाई छिमेकी आमालाई दुख दिएको पापले
सँधै पोल्ने भन्दै यस्ता शब्द संयोजन गरेका छन् ।
यसरी शुरु हुन्छ उनको कविता :-
ए मोदी, तिम्रो बाउ, बाउका हजुर बाउ
हजुर बाका पनि हजुरबाउलाई जसले गुलाम बनाएर शासन चलाए
इतिहास पढ हाम्रा पुर्खाले तिम्रा तिनै मालिक शासकलाई पनि ढलाए
कहिल्यै घाम नअस्ताउने ब्रिटिस साम्राज्यमा ग्रहण लगाए
तोप बोकेर आएकाहरुलाई ढुंगा हानेर भगाए
आज त्यीनै नेपालीलाई
जीस्क्याउने कस्तो बुद्धि पलाएको हो ?
हाम्रो त खुकुरी समाउने हात चिलाउन थाल्यो, के तिम्रो
पनि गर्धन चिलाएको हो ??
हरेक नेपाली गर्भमै तिखारिएको काँडा हो
निल्न नखोज घाँटीमा अड्कीन सक्छ
हरेक नेपाली आफैँमा एटम बम हो
आवश्यकता पर्नासाथ पड्कीन सक्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...