-->
रसुवा–केरुङ सडक खण्ड मर्मत गर्ने जिम्मा सेनालाई

काठमाडौँ: सरकारले रसुवा–केरुङ सडक खण्ड स्तरोन्नति
गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन
प्रभावित भएपछि वैकल्पिक उपाय खोज्ने उद्देश्यका साथ
सो नाकालाई विस्तार गर्न लागिएको हो ।
अत्यावश्यकीय सामग्रीको आयात गर्नका लागि उत्तरको
सबैभन्दा छोटो नाका भएकाले सरकारले सो मार्गलाई
आगामी दुई वर्षभित्र दुई लेनको बनाउन लागेको हो ।
सेनालाई निर्माणको जिम्मा दिँदा काम गर्न सहज हुने
भएकाले सरकारले सो नाकालाई विशेष प्राथमिकतामा
राखेको अर्थमन्त्री विष्णु पौडेलको भनाइ छ ।
आज आयोजित कार्यक्रममा उनले आफूले केही दिन पहिले
रसुवा–केरुङ सडक खण्डको स्थलगत अवलोकनसमेत गरेको र
सरकारका विभिन्न निकायसँगको छलफलपछि सेनालाई
जिम्मा दिने निष्कर्षमा पुगिएको बताए।
रसुवागढी–गल्छी सडक खण्डमध्ये रसुवासम्म सामान्य
समस्या भए पनि धुन्चे–रसुवागढी सडक खण्डमा केही
अप्ठ्यारो रहेकाले त्यसलाई मर्मत र सम्भार गर्नेतर्फ सरकार
प्रतिबद्ध रहेको र आगामी दुई वर्षभित्र दुईतर्फी सडक
सञ्चालन गर्न सहज बनाइने उनको भनाइ छ ।
प्रधानमन्त्रीले सो सडक खण्ड तत्काल मर्मतसम्भार गर्न
सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिइसकेका छन् ।
प्रधानमन्त्रीको निर्देशनलगत्तै उपप्रधानमन्त्री
विजयकुमार गच्छदार अर्थमन्त्री पौडेलसहितको टोलीले
सो सडकखण्डको स्थलगत अवलोकन गरेको थियो ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापति
रवीन्द्र अधिकारीसहितको टोलीले पनि सो सडक खण्ड
तत्काल सञ्चालनका ल्याउन सरकारलाई निर्देशन दिएको
थियो ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.