काठमाडौं–अत्याधुनिक हतियारका
कारोबारीलाई जिल्ला प्रशासन
कार्यालय पर्साका तत्कालीन प्रमुख
जिल्ला अधिकारी कैलाश कुमार
बजिमयले आर्थिक प्रलोभनमा परेर सहजै
उन्मुक्ति दिएको भेटिएको छ ।
प्रजिअ बजिमयले २०७० साउन ३ गते
जिल्ला प्रशासन कार्यालय पर्सामा
दर्ता रहेको हातहतियार तथा खरखजाना
मुद्दामा सुनुवाइ गर्दै सहयोगीको
भूमिकामा रहेर पक्राउ परेका प्रतिवादी
एवं शिव प्रसाद सहनीलाई तीन वर्ष जेल
सजाय र २० हजार रुपैयाँ जरिवाना गर्ने
फैसला गरेर र फरार रहेका एवं उक्त अवैध
हतियारका धनी पर्सा सिर्सिया
खल्वाटोलका जयमंगल राउत कुर्मी, उनका
छोरा धनन्जय प्रसाद राउत कुर्मी र
पर्साको वीरगञ्ज उपमहानगरपालिका १०
का दिपक मिश्रालाई फरार अवस्थामै
जनही एक लाख रुपैयाँ जरिवाना मात्र गरेर
उन्मुक्ति दिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रजिअ बजिमयले उक्त
मुद्दामा फरार तथा प्रमुख भूमिकामा
रहेका जयमंगल राउत कुर्मीसँग २० लाख
रुपैयाँ घुस लिएर सहजै उन्मुक्ति दिएको समेत
खुल्न आएको छ ।
करिब चार वर्षअगाडि २०६८ साल मंसिर १
मा जिल्ला प्रहरी कार्यालय पर्साका
तत्कालीन प्रहरी नायब उपरीक्षक (हाल
प्रहरी उपरीक्षक) दिवेश लोहनीको
कमाण्डमा खटिएको प्रहरी टोलीले पर्सा
सिर्सिया खल्वाटोला–४ का जयमंगल
राउत कुर्मीको घरमा राखिएको
अत्याधुनिक हतियार एसएमजी २ नाल,
एयरगन १ नाल, कटुवा पेस्तोल १ नाल,
म्यागजिन ४ थान र ४ राउण्ड गोलीसहित
शिव प्रसाद सहनीलाई पक्राउ गरेको
थियो ।
उक्त समयमा फरार रहेका हतियार धनी
जयमंगल राउत कुर्मी, उनका छोरा धनन्जय
प्रसाद राउत कुर्मी र पर्साको वीरगञ्ज
उपमहानगरपालिका–१० का दिपक
मिश्रालाई समेत प्रतिवादी बनाएर
प्रहरीले जिल्ला प्रशासन कार्यालय
पर्सामा हातहतियार तथा खरखजाना
मुद्दा दायर गरेको थियो । पर्सा प्रहरीले
जिल्ला सरकारी वकिलको कार्यालय
पर्सामार्फत जिल्ला प्रशासन कार्यालय
पर्सामा हातहतियार तथा खरखजाना
मुद्दामा २०६८ मंसिर २६ गते अभियोग पत्र
दायर गरेकोमा पर्साका तत्कालीन प्रमुख
जिल्ला अधिकारी शम्भु कोइरालाले
थुनछेक आदेश गर्दै पक्राउ परेका सहनीलाई
मुद्दा पुर्पक्षको लागि थुनामा राख्ने र
बाँकी फरार प्रतिवादीहरुलार्ई म्याद
जारी गर्ने निर्णय गरेका थिए ।
स्रोतका अनुसार जिल्ला प्रशासन
कार्यालय पर्सामा उक्त मुद्दाको फैसला
नहुँदै प्रजिअ कोइराला त्यहाँबाट सरुवा
भएपछि उनको ठाउँमा सरुवा भएका
प्रजिअ बजिमयले पर्साका एक
व्यापारीमार्फत २० लाख रुपैयाँ लिएर
हतियार कारोबारी जयमंगलको समूहलाई
उन्मुक्ति दिएका थिए । हाल अवकाश
पाइसकेका तत्कालीन प्रजिअ बजिमयले
अभियोजनको कुनै प्रक्रियामा पनि
सामेल नभएका फरार प्रतिवादीहरुको
हकमा दशी प्रमाणलाई लत्याउँदै घटनास्थल
बरामदी मुचुल्कामा सहीछाप गर्ने
व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय
पर्सामा उपस्थित भएर गरेको बकपत्रलाई
मात्र आधार बनाएको तथा पक्राउ परेर
थुनामा रहेका सहनीको हकमा इन्कारी
बयान भए पनि उनीउपर परेको किटानी
जाहेरी दरखास्त, बरामदी वस्तुस्थिति
मुचुल्कामा मानिसहरुले लेखाइदिएको
किटानसाथको विवरण, प्राप्त दशी
प्रमाण र जिल्ला न्यायाधिवक्तासमक्ष
गरेको बयानलाई आधार बनाएर सजाय
गरेको प्राप्त उक्त फैसलामा देखिन्छ ।
स्रोतका अनुसार घटनास्थल वस्तुस्थिति
तथा बरामदी मुचुल्कामा सहीछाप गर्ने
तीन जना व्यक्तिहरु समेत आर्थिक
प्रलोभनमा परेर बकपत्र होस्टाइल गरेको
खुल्न आएको छ । वस्तुस्थिति मुचुल्कामा
‘प्रहरीले फरार रहेका प्रतिवादी धनन्जय
प्रसाद राउत कुर्मीको घरबाट बरामदी
मुचुल्कामा उल्लेख भएअनुसारको
हातहतियार तथा खरखजाना बरामद गरी
सो घरमा रहेका शिव प्रसाद सहनीलार्ई
पक्राउ गरेको हो, आपराधिक घटना
घटाउने उद्देश्यले सो हातहतियार
खरखजाना अवैध रुपमा घरमा राखी
आपराधिक घटना घटाउने योजना बनाउँदै
गर्दा प्रतिवादी शिव प्रसाद सहनी
पक्राउ परेको तथा जयमंगल राउत कुर्मी,
निजको छोरा धनन्जय प्रसाद राउत कुर्मी
र दिपक मिश्रा समेत भागी फरार भएको
हो । सो अवैध हतियार गोली राख्नेमा
निजहरु सबैको संलग्नता छ, निजहरु
आपराधिक प्रवृत्तिका मानिसहरु हुन्’ भनी
बयान गरेका उनीहरुले मिति २०६९ असोज ७
मा जिल्ला प्रशासन कार्यालय पर्सामा
बकपत्रको क्रममा ‘पेस हुन आएको दशी
हतियार अभियुक्त बनाइएका प्रतिवादी
जयमंगल राउत कुर्मीको घरबाट बरामद
भएको छैन र हाम्रो सामुन्नेमा जयमंगल
राउत कुर्मीको घरमा छापामारी
भए÷गरेको छैन, घटनास्थलमा पुग्दा पेस
गरिएको पुराना हातहतियार गाउँभन्दा
बाहिर बोरामा बाँसघारीमा फालिएको
अवस्थामा रहे भएको थियो, खटिई गएका
जाहेरवाला प्रहरीसँग जानपहिचान भएको
कारण निजको काममा सघाउने उद्देश्यले
निजले पहिलेदेखि लेखिराखेको बरामदी
मुचुल्कामा सही छाप गरिदिएका हौं,
मुचुल्कामा लेखिएको व्यहोरा गलत र झूठो
हो, विश्वासको भरमा सहीछाप गरेको हुँ,
अभियुक्त बनाइएका प्र. जयमंगल राउत
कुर्मी एउटा राम्रो, असल चरित्रका
समाजसेवी र व्यापारी मानिस हुन्’ भन्दै
बकपत्र गरेका थिए ।, आर्थिक दैनिकमा
खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...