महोत्तरी– मधेश आन्दोेलन, नागरिक समाज
पिपरा महोत्तरीले आईतवार प्रमुख जिल्ला
अधिकारी विरेन्द्र यादव मार्फत
प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र
बुझाएका छन् ।
नयाँ संबिधान जारी भएपछि त्यसको
विरोधमा भएको आन्दोलनमा ५० जना
आन्दोलनकारीको मृत्यु हुनुका साथै सयौं
घाईते र अपाङ्ग भए पनि राज्यले माग पूरा
गर्न चासो नदिएको भन्दै ज्ञापनपत्रमार्फत
ध्यानाकर्षण गराइएको छ ।
यसअघि हजारौको संख्यामा रहेका
प्रदर्शनकारीले जलेश्वर नगर परिक्रमा गर्दै
जिल्ला प्रसासन कार्यालयको मुलगेटमा
पुगी प्रधानमन्त्री,स्थानिय सभासद र
प्रसासन विरुद्ध चर्को नाराबाजी गरेका
थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...