-->
कि काम गर्नूस्, कि सक्दिनँ भन्नूस् : अख्तियार

मंसिर १३, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजार
अनुगमन प्रभावकारी बनाउन बजार
नियमनकारी निकायहरुलाई आग्रह गरेको छ ।
आइतवार आयोजित छलफलमा आयोगले जनस्तरमा प्रत्याभूत हुने
गरी कालोबजार रोक्न ध्यानाकर्षण गराएको हो ।
‘तपाँईहरुले देखिने काम गर्नुपर्यो, होइन भने हात उठाएर सक्दिन
भन्नुपर्यो’ आयोगका प्रवक्ता कृष्णहरी पुष्करले
भने, ‘अहिलेको अवस्थामा पनि उजुरी आएर भनेर मौन
बसिदिंदा उपभोक्ताहरु प्रताडित छन् ।’ अव पनि बजार अनुगमनलाई
प्रभावकारी नबनाए आयोग नै सक्रिय हुने र
अनुसन्धान थाल्ने चेतावनी उनले दिए ।
कार्यक्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी
एकनारायण अर्यालले अनुगमन भइरहेको बताए । उनले
अनियमिततामा संलग्न भेटिएपछि ७ पम्प बन्द गरिएको र ८२
जनालाई पक्राउ गरी कारवाही थालिएको
बताए ।
काठमाडौंका प्रहरी प्रमुख विक्रमसिं थापाले
पेट्रोलियमको कालोबजारी रोक्न नागढुंगा र फर्पिङमा
विशेष निगरानी गरिने बताए । कालोबजारी
गर्ने नियतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गर्नेलाई
कडाई गरिने उनले बताए ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव कोइरालाले
साना व्यापारी भन्दापनि ठूला व्यवसायिक फर्महरुकै
कारण खाद्यान्नमा कालोबजारी भइरहेको उल्लेख गर्दै
त्यसलाई निगरानी गर्नुपर्ने बताए ।
फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.