-->
सिरियालाई देखाएर यसरी गर्छन् शक्ति राष्ट्रले अन्तर्राष्ट्रिय राजनीति

संसारभर गृहयुद्धको स्थिति भयावह
‘मलाई थाहा छैन, तेस्रो विश्वयुद्धमा कस्ता
हतियार प्रयोग हुन्छन् । तर, चौथोमा लाठी र
ढुंगा प्रयोग हुनेछन्,’ अल्बर्ट आइन्स्टेन ।
पेरिस आक्रमणलगत्तै धर्मगुरु पोप फ्रान्सिसले
तेस्रो विश्वयुद्ध निम्तिने परिस्थिति सिर्जना हुने
सम्भावना औँल्याएका थिए । अहिले सम्भावित
तेस्रो विश्वयुद्धलाई लिएर विश्वभर त्रास छ ।
टर्कीले रुसी विमानलाई खसालेपछि नर्थ
एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) र रुसबीच
सम्भावित मुठभेडको अवस्था सिर्जना भएको छ
। ह्वाइट हाउसले यस विषयलाई हल्का ढंगबाट
लिएको देखिए पनि मस्कोको प्रतिक्रिया गम्भीर
प्रकृतिको छ ।
ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा
तेस्रो विश्वयुद्ध ह्यासट्याग निकै चर्चामा छ ।
विज्ञहरू टर्कीले रुसमाथि गरेको आक्रमण मात्रै
विश्वयुद्धको कारण बन्न नसक्ने बताउँछन् । तर,
रुसी पर्यटकीय विमानमाथि आइएसको हमला,
पेरिस आक्रमण र टर्कीले रुसी विमानमाथि गरेको
आक्रमणको शृंखलाले सम्भावित भय सिर्जना
गरेको छ ।
संयोगवश, पहिलो र दोस्रो विश्वयुद्धको इतिश्री
युरोपबाटै भएको थियो । अहिले दोस्रो
विश्वयुद्धपछि पहिलोपटक युरोप सबैभन्दा बढी
भयभीत, तनावग्रस्त र आपसी लडाइँमा छ ।
सिरियामा के हुँदै छ ?
अहिले सिरियालाई आधार बनाएर विश्वका ठूला
राष्ट्र युद्धमा होमिएका छन् । सिरियामा जे–
जति युद्ध भएको छ, त्यसको असर ठूला
राष्ट्रमा कम र सिरियाली जनतामा बढी परेको
छ । अहिलेसम्म सिरियामा तीन लाख जनताले
ज्यान गुमाइसकेका छन् । लाखौँ घरबारविहीन
भएका छन् । सबै जनतालाई मृत्युको त्रास छ ।
सिरियालाई आधार बनाएर गरिएको
अन्तर्राष्ट्रिय राजनीति यस्तो छ ः
१) अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका
सम्मिलित नेटो सैनिक परस्पर विरोधमा छन् ।
अर्को शक्तिका रुपमा आतंककारी सैन्य दस्ता
आइएस छ ।
२) रुसको स्पष्ट योजना सिरियाली राष्ट्रपति
बसर अल असदलाई सत्तामा टिकाउनेछ । यस
काममा उसले प्रत्यक्ष रुपमा इरान र अप्रत्यक्ष
रुपमा चीनको साथ लिएको छ ।
३) अमेरिकाको योजना कुनै हालतमा सिरियाली
राष्ट्रपति बसर अल असदलाई सत्ताबाट
हटाउनेछ । असदलाई सत्ताबाट हटाएपछि
आफूअनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउने र
त्यसपछि सिरियासँग विभिन्न सम्झौता गरेर तेल
खानीमा नियन्त्रण राख्ने अमेरिकाको
योजनामा बेलायतको साथ छ । त्यसका लागि
सिरियामै फ्रि सिरियन आर्मी नामक सैन्य दस्ता
खडा गरेर अमेरिकाले आन्दोलन भड्काएको छ ।
तर, बेलायतबाहेक अमेरिका सम्मिलित नेटो
गठबन्धनकै अन्य राष्ट्र पूर्ण रुपमा अमेरिकाको
योजनाको पक्षमा छैनन्, स्वार्थ सबैको फरक
छ । आइएसमाथि आक्रमण गर्ने बहानामा
सिरिया छिरेको रुस अमेरिकाको अप्रत्यक्ष
सहयोगमा सञ्चालित तिनै विद्रोहीमाथि
खनिएको छ ।
४) नेटो गठबन्धनको अर्को राष्ट्र फ्रान्स
यसअघि बसर अल असदले सत्ता छाड्नुपर्ने
अडानमा थियो । तर पेरिस हमालापछि फ्रान्सले
केवल आईएसलाई निसाना बनाएको छ । उसको
पहिलो तारो आइएस र त्यसपछि मात्रै बसर अल
असद हुन् ।
५) नेटो गठबन्धनको अर्को राष्ट्र टर्कीको
निसानामा सिरियाली संगठन कुर्द र त्यसलाई
प्रश्रय दिने राष्ट्रपति बसर अल असद छन् ।
आईएससँग टर्कीको खास दुश्मनी छैन । कतार,
युएई र साउदी अरेबिया आईएसलाई भित्री रुपमा
सहयोग गरिरहेका छन् । उनीहरूको उद्देश्य
आईएसमार्फत इरानलाई सिध्याउने बुझिन्छ ।
६) कतार, साउदी र टर्कीजस्ता देशको योजना
असफल बनाउन इरान बसर अल असदलाई
टिकाउन चाहन्छ । त्यसैले रुसलाई इरानले खुलेर
साथ दिएको छ ।
७) अहिले सिरियामा बसर अल असदले लेबनानको
हिजबुल्लाह संगठनको पनि साथ लिएका छन् ।
यसबाहेक सिरियामा सिया र सुन्नी समुदायबीच
पनि युद्ध जारी छ ।
८) सबै घटनाक्रम र आपसी विवादको फाइदा
लिएर आईएस अघि बढ्दै छ । आईएसका प्रमुख
अबु बकर अल बगदादीले इराक र सिरियाका थुप्रै
भू–भाग कब्जामा लिएका छन् । प्रमुख तेल
खानीहरू कब्जामा लिएको आईएस संसारकै
शक्तिशाली आतंककारी संगठन मानिन्छ ।
९) सिरियामा जारी द्वन्द्वपछि अन्तर्राष्ट्रिय
शक्तिबीच ध्रुवीकरण बढ्दो छ । बसर अल
असदलाई हटाउने सन्दर्भमा टर्की, अमेरिका,
बेलायत र फ्रान्स एकजुट देखिन्छन् । तर, फ्रान्स
पछिल्लो समय आफ्नो स्वार्थअनुसार फेरिन
सक्ने पनि देखिन्छ । किनकि यसअघि नेटोकै एक
सदस्य जर्मनीले बसर अल असदसँग वार्ता
गरिसकेको छ ।
टाढिँदै छन् शक्ति राष्ट्र
फ्रान्स हमलापछि आईएसलाई समाप्त पार्न रुस
र अमेरिकाबीच सहकार्य हुने सम्भावना थियो ।
तर, टर्कीमा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन र
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले हात
मिलाएको एक सातापछि नै घटनाले फरक मोड
लियो ।
टर्कीले आफ्नो सीमा क्षेत्रमा रुसी
विमानमाथि धावा बोल्यो । रुसका दुई पाइलट
विमानबाट प्यारासुटमार्फत झरे । एकको
घटनास्थलमै मृत्यु भयो, अर्का जीवित छन् ।
टर्कीले आफ्नो हवाई क्षेत्रमा रुसी विमान
छिरेको र १० पटकसम्म चेतावनी दिँदा पनि हवाई
क्षेत्र छाड्न नमानेपछि हमाला गर्नुपरेको दाबी
गरेको छ । अमेरिका, बेलायत लगायत राष्ट्रले
टर्कीको समर्थन गरेका छन् । तर, रुसी
राष्ट्रपति भ्ल्यादिमिर पुटिनले टर्कीको
कदमपछि सबै कुरा उल्टिएको भन्दै सहकार्यको
सम्भावना मात्रै इन्कार गरेनन्, टर्कीसँगको
सैन्य सम्झौता समेत खारेज गरे ।
पुटिनले टर्कीले रुसी विमान खसालेर आईएसलाई
सहयोग गरेको आरोप लगाएका छन् । उनले यस
विषयमा तत्काल संयुक्त राष्ट्रसंघको बैठक
बोलाउन माग गरेका छन् । जीवित पाइलट
क्याप्टेन कोन्सटानटिन मुराकटिनले टर्कीको
भू–भागमा नछिरेको र टर्कीले बिना कुनै
चेतावनी सीधै आक्रमण गरेको बताएपछि घटना
थप अतिरञ्जित बनेको छ । रुसी पाइलट
कोन्सटानटिनले अब सिरियामै बस्ने र मारिएका
आफ्ना साथीको बदला लिएरै छाड्ने बताएका
छन् ।
रुसले आफ्नो कारबाही कडा बनाउने बताइरहेका
बेला अमेरिका, युरोपेली युनियन र संयुक्त
राष्ट्रसंघले रुसलाई शान्त रहन अपिल गरेका छन्
। तर रुसले यस घटनामा चुप नलाग्ने भन्दै नेटोका
सदस्यलाई आइन्दा बिर्सिएर पनि यसो नगर्न
कडा चेतावनी फर्काएको छ ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.