वि.सं. २०७२ साल मंसिर १५ गते। मंगलबार। इश्वी सन्
२०१५ डिसेम्बर १ तारिख। नेपाल संवत् ११३६ कछला
गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– षष्ठी, २५:००
बजेउप्रान्त सप्तमी।उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा
भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी
बढ्नुका साथै काममा बाधा पुग्न सक्छ।
महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा
फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन
सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ
होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत
रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ
हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने
समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै
पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी
गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न
सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही अवसर पाइनेछ। तर, सोचेको काम समयमा
सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना
देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको
कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्,
सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन
नसकिएला। द्विविधामा परिने र निर्णायक
क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको
प्रयत्नले फाइदा हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक भेटघाटको समय छ। तर, भेटघाटमा
अलमलिनाले कामलाई बाधा पुग्नेछ। ठूलै फाइदाको
आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै
मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी
होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर,
पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि
अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन
देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति
फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि
उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको
सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले
विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित
हुनेहरूलाई फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रशस्त लाभ हुने काम प्रारम्भ गर्ने समय छ।
साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका
स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा
हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका
आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि
लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै
मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र
प्रसन्नता पनि मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई
प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो
क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र
प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व
बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ
मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
कीर्तिमानी काम गर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
(Scorpio)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका
काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा
केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र
आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले
उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन
गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने
थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने
भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको
उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त
बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही
समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने
निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर
झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
(Capricorn)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय
विस्तारका लागि यात्रा पनि हुनेछ। सोख
पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा
रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन
मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन
प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै
अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा
लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै
फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा
अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर
अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन
सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा
अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग
जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि
उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला।
व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ।
सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।

0 comments
प्रतिक्रिया दिनुहोस्...