-->
छोरीलाई ज्वाईघर पठाएर दोस्रो विहे को सँग गरिन् कांग्रेस सांसद मल्लले ?

काठमाडौं । रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी
र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस
नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको
आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र
प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी
मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई
बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ
टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको थियो ।
चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार
बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र
डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी
मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको
थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र
सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल
सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए ।
ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।
श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै
पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी
ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक
जीउडालका कारण ओमदेवी कांग्रेसका
केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् ।
त्यही कारण उनी सांसद् सम्म बनिन् । साँघु
साप्ताहिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.