देशको राष्ट्रवादी नेताहरु यहाँ सम्म कहिले पुगेको छ?
यिनीहरू देशको सुख भोगबाट कहिले लाभान्वित हुनेछन् ?
स्वास्थ ,शिक्षा र रोजगारको अवसर पाउनेछन्?आधुनिक सुख सुविधा र
विकासको मुख हेर्ने छ्न?असम्भव… किन भने नेपालको संविधान र
नीति नियममा उल्लेख भए पनि यहाँ सम्म कोही
पुग्ने छैन।यही पहाडको काखमा आफ्नो जीवन
व्यतीत गर्नेछन् ।देशको को मन्त्री
,प्रधानमन्त्री को छ्न यिनीहरूलाई
केही थाहा हुँदैन कारण यहाँ यिनीहरूको दुख
दर्द बुझ्ने कोही आउदैन ।यिनीहरूको आफ्नै
संसार छ्न,आफ्नो कर्मलाई धर्म मानेर जीवन निर्वाह गरि
रहन्छ।न त कसै संग गुनासो गर्छन् न त कसैको विरोध ।नेपाल भनेको यो
हो जो सबैको आँखा पर्दैन ।यीनीहरुको नाउँमा
नेताहरु राजनीति गर्छन् ,अनुदान सहयोग माग्छन् ,बजेट
छुट्याउछ्न् तर यिनीहरूको हक र अधिकार भ्रष्टहरुले नै
सखाप पार्छन् ।
म त भन्थे खस बाहुन क्षेत्री साशकबाट मधेसी
जनताहरु पीडित छ्न तर मधेसी भन्दा
बढी त यिनीहरू पीडित छ्न।आउ
सबैको मिलेर भ्रष्ट सरकार ,भ्रष्टवादलाई जड देखि उखेलेर फालौं।देश मेरो
हो देश भरीया र किसानको हो ,देश ज्यालामा काम गर्ने
कामदारहरुको हो,देश पिछडिएका निम्न वर्गहरुको हो।यो ठगी
गर्ने ,भ्रष्टाचारीहरुको देश होईन जो
परजीवी जस्तै देशलाई चुसेर खाई रहेछ,झुठ
राष्ट्रवादको नारा लगाएर देशलाई अभाव र अन्धकारमा धकेल्ने काम गर्छन् ।यो
भ्रष्टहरु कसरी उच्च पदमा पुग्यो यो सबैले सोच्नु पर्छ।
(हाम्रो समाज वाट…….तराई NEWS)

0 comments
प्रतिक्रिया दिनुहोस्...