-->
सुनको मूल्य पुनः उकालो लाग्यो

काठमाडौं, मंसिर १५ । पछिल्ला दिन ओरालो लाग्दै आएको सुनको मूल्य
मंगलबार उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा
छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ४८ हजार ४ सय रुपैयाँमा
कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
अघिल्लो दिन ४८ हजार रुपैयाँमा आइपुगेको थियो ।
मंगलबार
चाँदीको मूल्य भने ६ सय ७० रुपैयाँमा स्थीर रह्यो

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस हजार ६८
डलरको हाराहारीमा कारोबार भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.