-->
‘कबड्डी कबड्डी’ले दियो सौगातलाई राहत

मंसिर १५, २०७२- मुस्ताङको कथामा बनेको
‘कागबेनी’बाट नेपाली फिल्मको यात्रा थालेका
सौगात मल्ललाई अहिले त्यही मुस्ताङकै कथामा
बनेको फिल्म ‘कबड्डी कबड्डी’ले राहत
दिएको छ ।
निश्चल बस्नेतको फिल्म ‘लुट’मा हाकु काले बनेपछि सौगात नयाँ
नेपाली फिल्मको पोस्टर ब्वाईका रुपमा उदाएका थिए ।
तर, त्यसपछि उनका थुप्रै फिल्मले लहरै असफलता बेहोरे । यो
शुक्रबार आएको फिल्म ‘कबड्डी
कबड्डी’ले सुरुकै केही दिनमा राम्रो
व्यापार गरेर सौगातको डुब्दो करिअरलाई सहारा दिएको छ ।
सौगातको सफलतामा मुस्ताङजस्तै निश्चल बस्नेत र दयाहाङ राई
पनि जोडिएका छन् । ‘लुट’ का निर्देशक निश्चल
‘कबड्डी कबड्डी’मा निर्माता र कलाकारका
रुपमा संलग्न छन् भने ‘लुट’का सह कलाकार दयाहाङ राई यसमा
पनि मुख्य भूमिकामा छन् । दयाहाङ भने पछिल्लो समय लगातार
सफल भइरहेका छन् । यी दुवैले अभिनय गरेको
सुवर्ण थापाको फिल्म ‘फन्को’ पनि प्रदर्शनको क्रममा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.