हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल
मंसिर १६ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर २
तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष
कृष्णपक्ष। तिथि– सप्तमी, २६:०९ बजेउप्रान्त
अष्टमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
समयको गतिलाई
पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग
सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको
सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ।
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न
गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूको फाइदाका
लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल
रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा
वचन दिने बानीले दुःख पाइनेछ। नजिकका
साथीभाइ टाढिन सक्छन्।
महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन
र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको
माध्यमबाट काम बन्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ काम सुरु
गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ।
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने
समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।
रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि
बढी परिश्रम र लगानी गर्नुपर्ला।
परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि
आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न
केही समय पर्खनु बुद्धिमानी
हुनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित
कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति
हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
अनावश्यक वादविवादमा परिने समय भएकाले सजग
रहनुपर्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतको सफलताले
थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव
आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्।
मनग्ये धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ।
स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ। परिस्थिति बुझ्न
नसक्दा केही अप्ठ्यारोमा परिनेछ। विवादबाट टाढै
रहनुहोला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसरको
खोजीमा केही दौडधूप गर्नुपर्ला।
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ।
साथीभाइसँग असमझदारी बढ्न
सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय
छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग
गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि थोरै
फाइदा हुने समय छ। बेलामा होस नपुर्याउँदा
केही अप्ठ्यारा चुनौती आउन
सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम
देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन
हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी
हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र
नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ।
सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कामको सन्दर्भमा
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य,
मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा
लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा
लगानी बढाउने समय छ। विभिन्न अवसरले
पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने
अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन
सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धर्ममा श्रद्धा र
परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी
अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना
समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको
भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको
दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग
सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र
हातलागी हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारो
परिस्थितिमा पनि केही काम बन्नेछन्। आस
मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता
लगाउन सकिनेछ। शुभचिन्तकहरूले काममा सहयोगको
तत्परता देखाउनेछन्। दोहोर्याएर प्रयत्न गर्दा फाइदा
हुनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला।
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
केही चुनौती भने सामना गर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अधैर्यपनाले
चिन्ता र खर्च बढाउन सक्छ। तापनि आजको दिन
मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ।
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने
देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ
सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण
सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
(Pisces)
प्रयत्न गर्दा
लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र
रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि
विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य
फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष
पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा
पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि
प्रतिष्ठा जोगाउन सफल भइनेछ।उपप्रा.
लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

0 comments
प्रतिक्रिया दिनुहोस्...