-->
भारतीय सुरक्षाकर्मीले नेपाली ट्रक मजदुरलाई कुट

मंसिर १५, २०७२- सिमामर्ति भारतको सुनौलीका
सुरक्षाकर्मीले बिना कारण झण्डै एक दर्जन ट्रक
मजदुरलाई बिना कारण निर्घात कुटपिट गरेका छन् ।
पीडित नेपाली ती चालकहरु
नेपाल आउन लोड ट्रकसहित हप्तौंदेखि लाइनमा थिए ।

कुटपिटबाट चारजना ट्रक चालकको हातमा गम्भीर चोट
लागेको छ । केही चालक आफ्नो गाडी
चलाउन नसक्ने अवस्थामा पुगेका छन् । अन्य चालक सामान्य
घाईते छन् ।
आफूमाथि बिना कारण भारतीय
सुरक्षाकर्मीले कुटपिट गरि घाइते बनाएको भन्दै सातजना
ट्रक मजदुरले मंगलबार बिहान नेपालको सिमावर्ति बेलहिया ईलाका
प्रहरी कार्यालयमा आएर कारवाहीकालागि
लिखित निवेदन दिएका छन् ।

दुई हप्तादेखि लाइनमा रहेका आफ्ना गाडी
केही अन्य गाडीले पालो मिचेर अगाडि
गएको बिषयमा सोधपुछ गर्न लाग्दा आफूहरुमाथि निर्घात कुटपिट
भएको ना३ख ८६६ का चालक संयोग थापाले बताए । उनले पछिल्लो
पटक सुनौलीका भारतीय
सुरक्षाकर्मीले पैसा खुवाएका गाडीलाई
अन्यको पालो मिचेर गाडी पास गराइदिने गरेको र
आफूहरुसँग उनीहरुले गाडी अगाडि
बढाउन पैसा मागेको बताए ।

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि
सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग
भारतीय पुलिस, भन्सार कर्मचारी,
सुनौली नजिकको कोतवाली थाना लगायत्का
सुरक्षाकर्मीले चर्को रुपमा पैसा असुल्दै नेपालतर्फ
गाडी छाडिदिने गरेका छन् ।
पैसा खुवाएका गाडीलाई भारतीय
सुरक्षाकर्मी स्वयम्ले सकर्टिङ्ग पास गराईदिने र पैसा
नखुवाएका गाडी जहाँको त्यहीँ सडक
किनारामा थन्किने गरेका छन् ।

धेरै दिनसम्म आफ्नो गाडी सहितको सामान बिच बाटोमा
रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउँदै
गाडी छुटाउन थालेका हुन् । सुनौली नाकाबाट
नेपाल आउनु पर्ने गाडी महिनौंदेखि सिमानादेखि करिव
३५ किमी पर कोल्हुईसम्म दोहोरो लाइन छ ।
फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्
Loading...
सम्बन्धित


, ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.