उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल
थापाले भारतको व्यवहारले दुई देशबीचको
सम्बन्धको गलत परीक्षण भएको बताएका
छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति
बन्द गर्ने भारतको नियत ठीक नभएको
थापाको भनाइ छ ।
बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे
दिल्ली फर्किएका थापाले नेपाली
दूतावासमा आयोजित रात्रिभोजमा
भारतीय सांसद तथा भाजपासहितका
नेतालाई सम्बोधन गर्दै भारतले
वीरगन्जबाहेकका नाका खोल्नुपर्ने
बताए ।
दिल्लीस्थित नेपाली राजदूत दीपकुमार
उपाध्यायले थापाको सम्मानमा भोज
आयोजना गरेका थिए । भाजपा नेता
विजय जोली, सांसद डिपी त्रिपाठी, डी
राजा, कम्युनिस्ट पार्टीका नेता
सीताराम येंचुरीलगायतका नेताहरूले
थापालाई संविधानबारे जिज्ञासा
राखेका थिए । भाजपाका नेताले भने
मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो
समाधान खोज्न आग्रह गरेका थिए ।
थापाले बुधबार विदेशमन्त्री सुषमा
स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार
अजित डोभाल र विदेशसचिव एस
जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर,
समयबारे अबेरसम्म दूतावासले विस्तृतमा
बताएको छैन । नेपाल र भारतको सम्बन्ध
रोटीबेटीको छ, यो सही हो । तर,
राजनीतिका कारण जनताले दु:ख पाउने
स्वाभाविक हुादैन । राजनीतिक कारण
देखाएर आपूर्ति रोकिादैन ।
त्यसकारण म र
सरकारको एउटै धारणा छ, खुलेका
नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्,
सहयोग गरिदिनुस् । यति भयो भने
सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र
मानवीय संकट उत्पन्न हुने भइसक्यो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...