-->
तुलसीपुरका दश प्रतिशत घरमात्र भूकम्प प्रतिरोधात्मक

दाङ, मंसिर १५ । तुलसीपुर नगरपालिकाले भवन निर्माण
आचारसंहिता कार्यान्वयनलाई निकै कडाइ गरेको छ ।
आचारसंहिता कडाइका साथ लागू गर्नका लागि नगरपालिकाले यहाँका विभिन्न
दलका प्रतिनिधि, उद्योगी व्यवसायी,
नगरवासीसँग छलफल गरिसकेको छ ।
गत वैशाखमा आएको विनाशकारी भूकम्पका कारण देशमा ठूलो
धनजनको
क्षति भएपछि सरकारले भवन निर्माण आचारसंहिताको निर्देशिका
जारी गरेसँगै नगरपालिकाले पनि भूकम्प प्रतिरोधात्मक भवन
निर्माणका लागि आचारसंहितालाई कडाइका साथ लागू गर्नेतर्फ प्रेरित गरेको हो

आफूखुसी मापदण्ड नपुर्याएर घर निर्माण गर्दा
भूकम्पीय जोखिम बढेको, जीउज्यानको पनि खतरा
बढेको, आर्थिक लगानी पनि खेर जाने गरेको भन्दै सबै खतराबाट
आमनागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहिता कडाइका साथ
लागू गरिएको तुलसीपुर नगरपालिकाका कार्यकारी
अधिकृत डिल्लीराज बेलवासेले जानकारी दिए ।
अब पनि आचारसंहिताभित्र नरही भवन निर्माण गर्ने
घरधनी र घरनिर्माण गर्ने प्राविधिकलार्ई समेत
कारबाही गर्ने नगरपालिकाले जनाएको छ । सोका लागि यसअघि
नगरपालिकाले विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक सूचनासमेत
जारी गरिसकेको छ ।
त्यसैगरी यस क्षेत्रका निर्माणकर्मी तथा
डकर्मी व्यवसायीलाई पनि भूकम्प प्रतिरोधात्मक
भवन निर्माणका लागि तालिम पनि दिइसकेको नगरपालिकाले जनाएको छ ।
तुलसीपुर नगरपालिकाभित्र झन्डै पाँच हजारको
हाराहारीमा घर रहेको र जसमा तीन हजार ५००
ले नक्सापास गराएको र ती मध्ये १० प्रतिशत घर मात्र
भूकम्प प्रतिरोधात्मक रहेको नगरपालिकाका इन्जिनियर पवनकुमार
योगीले जानकारी दिए ।
तुलसीपुरमा पुरानो संरचना धेरै छ र पछि निर्माण गरिएका भवनमा
पनि निर्माण सामग्री राम्रो प्रयोग भए पनि घर बनाउने तरिका
नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक नभएको इन्जिनियर
योगीले बताए । (रासस)


, ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.