-->
इजरायलमा मगर संघले माघेसंक्रान्ति रास्ट्रिय पर्ब भब्यताका साथले मनाए |(फोटो फिचर सहित)

तेल अभिब इजरायल ,
नेपाल मगर संघ इजरायलले आयोजना गरेको माघे सक्रान्ति बिशेष कार्यक्रम भव्यरुपले सम्पन्न भयो |तेल-अभिवको याद खरुचिम -१५ स्थिति EVE रेस्टुरेन्टमा शुक्रबार १३ जनवरी राती अबेरसम्म मनोरंजन को साथले कार्यक्रम सम्पन्न भएको थियो कार्यक्रम मगर समाज इजरायलका अध्यक्ष श्री बसन्त राजकोटी मगरको सभापतित्वमा कार्यक्रम भएको थियो |कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुताबासका प्रथम सचिव श्री हरिहर कान्त पौडेल ,बिशेस अतिथि एनआर एन ए (एन सी सी )इजरायलका अध्यक्ष श्री दिपक ओली,तमु प्ये ल्हु संघ इजरायलका अध्यक्ष उमा गुरुङ साथै जनमुक्ति पार्टीको अध्यक्ष माया घले मगर सहित कार्यक्रममा उपस्थिति रहेको थियो
युवा साथै अँनलाइन मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो |प्रमुख अतिथि र ,बिशेस अतिथिबाट दिप प्रज्वलन गरि सुरुभएको सो कार्यक्रममा संघका प्रथम उपाध्यक्ष बिष्णु कुमारी पुन मगरले सुभकामना मन्तब्य दिनु हुँदै इजरायलमा स्थापित् जातीय सस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित नभएकोमा दुख ब्यक्त गर्नुभएको थियो,भने प्रमुख अतिथि श्री नेपाली राजदुताबासका प्रथम सचिव श्री हरिहर कान्त पौडेल ज्युले विदेशमा भएको हुँदा सबै नेपाली मिलिजुली बस्नु पर्ने र माघे सक्रान्ति जस्ता मौलिक पर्बले आपसी सद्भाव ,मित्रता कायम गर्न मद्दत मिल्नेमा आफु बिस्वस्त रहेको अवगत गराउदै माघे सक्रान्तिको सुभकामना दिनु भएको थियो|
सुभकामना मन्तब्य दिनु हुँदै ,बिशेस अतिथि एनआर एनए (एनसीसी )इजरायलका अध्यक्ष श्री दिपक ओलीले एनआर एनए (एनसीसी )नेपालीहरुको बिशुद्द साझा सस्था भएकोले हामी सबै नेपाली एकता ,सौहार्द र मेलमिलाप गरि बस्नु पर्ने ,आदिबासी जनजाती महासंघ इजरायल भित्रको केहि व्यक्तिहरुले आज मगर समुदाय जस्तो प्राचिन पहिचान बोकेको समुदायको सस्थालाई एक्लो बनाएर आदिबासी जनजातिको उद्देश्य पुरा नहुने यसका लागि सबै जनजाती एक हुनु पर्ने र भबिस्यमा यस्तो नदोहोरिनेमा आफु बिस्वस्त रहेको बताए |
यस्तै गरि मन्तब्य र सुभकामना दिंदै संघको तर्फ़बाट निबर्तमान सल्लाहकार मन राना मगरले मगर भाषामा र संघका सचिव चन्द्र पुलामी मगरले माघे सक्रान्तिको बारेमा प्रस्ट्याएका थिए कार्यक्रममा मगर पोशाकमा सजिएका स्थानीय मगर कलाकारहरुको पहिचान झल्काउने खालको बेजोड नृत्य / गायन प्रस्तुति छुट्टै मनोरंजन दिएको थियो,भने कार्यक्रममा सेलरोटी ,तरुल ,बारा(बटुक ),गोर्खे चट्नी संगै विभिन्न परिकारको व्यवस्था गरिएको थियो |
कार्यक्रममा आफ्नो पोशाकमा सजिएको मगर समुदाय लगायत ,गैरमगर नेपाली दाजुभाइहरुको पनि बाक्लै उपस्थिति रहेको थियो | संघको संरक्षण,तारा काउचा मगर संयोजक रहेको सो कार्यक्रम राम थापा मगर र काली पुन मगरले संचालन गरेका थिए | संघका अध्यक्ष बसन्त राजकोटी मगरबाट कार्यक्रम समापन भएको घोषण गरे लगतै दोहोरि ,पन्चे बाजाका मिठो धून,कायापलटको राष्ट्रियभावले भरिएको मिठो गितको साथै एनअर एन ए (एनसीसी )इजरायलको अध्यक्ष र मगर संघको प्रमुख सल्हाकार, दिपक राना मगरको गीतले कार्यक्रममा सुनमा सुगन्ध थपिएको थियो |मगर संघ इजरायलको स्थापना २०१३ जुलाई १३ तारिख भएको थियो स्थापना कालदेखि संघले मगरहरु को रास्ट्रिय पर्ब माघेसंक्रान्ति लाई सभ्य र भव्यताका साथले मनाउदै आइरहेको छ |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.