-->
कृपया मधेसीको देशप्रतिको निष्ठामाथि शंका नगरियोस

नयाँ संविधानप्रति असहमति जनाउँदै मधेस
आन्दोलन भएको सय दिनभन्दा बढी भइसक्यो
। संविधानले मधेसी, थारु, जनजाति, महिला
तथा अन्य सीमांकृतसहित देशको कुल
जनसंख्या को ७० प्रतिशतभन्दा बेसी
जनतालाई न्यायोचित ढंगले सम्बोधन गर्न
नसकेको भनेर तराई मधेसका जनता संघर्षमा
छन् र यसपालिको संघर्षलाई वारपारको
लडाइँको रुपमा लिएका छन् ।
मधेसकेन्द्रित दलहरूको सामान्य विरोध
कार्यक्रमबाट सुरु भएको आन्दोलन सडक
अवरुद्ध, विरोध र्याली हुँदै जाँदा
जनसहभागिता बढ्दै गएको छ, कीर्तिमानी
मानव–सांलोसम्म पुग्यो । सरकारलाई थप
दबाब आन्दोलनकारीले सीमा नाकामा
धर्ना दिएर बसेका छन् । तर, सरकारले मधेसको
आन्दोलनलाई सम्बोधन गर्न सकेको छैन ।
यसैबीच, मंसिर ९ गते बुधबारका दिन
सुनसरीको भन्टाबारी सीमानजिकै
बस्तीमा नेपाली भूमिमै प्रवेश गरी भारतीय
सीमा सुरक्षा बलका जवानले स्थानीय चार
निर्दोष नेपालीमाथि गोली प्रहार गरेका
छन् । यो एउटा सार्वभौम राष्ट्रमाथि
ठाडो प्रहार र हस्तक्षेप हो । एउटा
सार्वभौम राष्ट्रको कार्यकारी प्रमुख
अर्थात् प्रधानमन्त्री केपी ओलीले यसबारे
अविलम्ब भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीसँग धारणा माग्नुपर्ने हो । तर, घटना
भएको दिनको राति १० बजेसम्म त्यस्तो
केही पनि गरेको सुनिएन । राति अबेर गरेर
मात्रै गृहमन्त्रीको मधुरो असन्तुष्टि र
संसदीय समितिको घटनाप्रतिको आपत्ति
आयो । यसको मतलब नेपालले भारतसँग युद्ध
घोषणा गर्नुपर्छ भन्ने होइन, कूटनीतिक
तबरबाट घटनाप्रति कडा आपत्ति सरकारले
राख्नुपथ्र्यो भन्ने यो पंक्तिकारको
मान्यता हो ।
यो पंक्तिकार व्यक्तिगत रुपमा घटनाको
घोर भत्र्सना गर्दछु । र, दुई देशबीचको
सदियौँदेखि रहँदै आएको रोटीबेटीको सुमधुर
सम्बन्ध बिग्रने गरी हुने यस्ता घटना पुनः
कहिल्यै नदोहोरियोस् भनेर कामना गर्न
चाहन्छु ।
घटना घटेकै दिन भारतीय दूतावासले
घटनालाई लिएर विज्ञप्ति जारी गर्यो ।
दूतावासद्वारा जारी विज्ञप्तिमा
भनिएको छ, ‘एसएसबीको पेट्रोल
टोलीमाथि केही तस्करहरूले आक्रमण गरपछि
आत्म सुरक्षाका लागि उनीहरूले हवाइफायर
गरेका हुन्। घटनामा एक जवान घाइते भएका
छन् । घटनामा कोही पनि नेपाली घाइते
भएका छैनन् ।’
अन्यथा नलागोस्, यदि यो घटना हुनु नै
नियति थियो भने अहिलेको जस्तो उपयुक्त
समय मेरो विचारमा अरु कुनै हुन सक्तैनथ्यो ।
फेरि पनि दोहोर्याउँछु घटना निन्दनीय छ ।
तर पनि जुन समयमा यो घटना भएको छ र
खासगरी जुन पक्षबाट भएको छ, त्यसका
केही सकारात्मक आयाम पनि छन् (खासगरी
जारी मधेस आन्दोलनको हितमा) ।
मलाई यो निचोडसम्म पुग्न मद्दत गरेका केही
दलील यहाँ पेस गर्न चाहन्छु ।
१) पीडक (आन्दोलनको सन्दर्भमा राज्य) ले
पीडित (मधेसीहरू) माथि गरेको दमनलाई
शक्ति (राज्यका निकायहरू) को आडमा
कसरी ढाकछोप गर्दा रहेछन् भन्ने कुरा
भन्टाबारी घटनालाई केलाएर हेर्दा सजिलै
बुझ्न सकिन्छ ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.