वीरगंज–मधेशी मोर्चाले गरेको बन्द
हडतालको फाइदा उठाउदै अबैध रुपमा
भित्र्याइएको २० लाख रुपैयाँ मुल्य
बराबरको विभिन्न समान प्रहरीले पक्राउ
गरेको छ ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटेको
प्रहरी टोलीले वीरगंजको इन्र्वा, छपकैया,
बसपार्क, भकुवा लगायतका स्थानबाट
अबैध रुपमा भित्र्याएका कुर्ता सुरुवाल,
सारी,विद्युतिय चुलो लगायतको एक ट्रक
समान वरामद गरेको छ ।
वीरगन्जको सिमावर्ती भारतीय सहर
रक्सौलबाट खरिद गरिएको माल बस्तु अबैध
रुपमा भित्र्याउन खोज्दा गस्तिमा रहेको
प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी
कार्यालय विर्ताका इन्र्चाज प्रहरी
निरीक्षक ऐनबहादुर मल्लले बताए ।
उनले बरामद गरिएको समानलाई आवश्यक
कारवाहीका लागि वीरगन्ज भन्सार
पठाउने तयारी भईरहेको बताए । बरामद
गरिएको बस्तुको बजार करिब २० लाख
भन्दा बढी रहेको निरीक्षक मल्लले बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...