नयाँ दिल्ली – बलिउड अभिनेता
गोविन्दालाई नयाँ दिल्लीको सुप्रिम
कोर्टले उनले थप्पड हानेको व्यक्तिसँग
माफी माग्न आदेश दिएको छ । सन् २००८
मा गोविन्दाले चलचित्रको सेटमा आएका
एक व्यक्तिलाई थप्पड हानेका थिए ।
चलचित्र मनी हे तो हनी हे नामक
चलचित्रको फिल्मिस्तान स्टुडियोमा
सुटिङ गरिरहेको बेला सेटमा पुगेका सन्तोष
राय नाम गरेका व्यक्तिलाई थप्पड हानेका
थिए । यसपछि रायले मुम्बाईको
हाइकोर्टमा मुद्दा दायर गरेका थिए । तर,
सन् २०१३ मा प्रमाण नपुगेको भन्दै मुद्दा
खारेज गरेको थियो । यद्यपि, रायले भने
उक्त मुद्दा पुनः सुप्रिम कोर्टमा दर्ता
गराएका थिए ।
रायले गोविन्दामाथि थप्पड हानेर
सार्वजनिक बेइज्जी गरेको आरोप
लगाएका थिए । ‘म मुम्बाई एक्टर बन्न
आएका थिए । र, थप्पडपछि मेरो बेइज्जती
हुनुको साथै मलाई मानसिक तनाव पनि
भयो ।’
उनले यस मुद्दा लड्दा लागेको वकिलको
खर्च पनि गोविन्दसँग माग गरेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...