ताजाखबर, १४ मंसिर-
स्वर्गीय सभासद् हरिबहादुर खड्काको स्मृतिमा
बाग्लुङमा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको
छ । नेपाल विद्यार्थी सङ्घ बागलुङले मङ्सिर २१
गतेदेखि प्रतियोगिता गर्न लागेको हो । प्रथम हरि
खड्का स्मृति कप टि–२० क्रिकेट प्रतियोगितामा
विभिन्न जिल्लाका १५ भन्दा बढी टोली
सहभागी हुने जनाइएको छ खुल्ला राष्ट्रिय
प्रतियोगिता भएकाले सहभागिता बढ्ने सङ्घका
जिल्ला अध्यक्ष खड्क थापाले बताउनुभयो । टेनिस
बल मा हुन लागेको उक्त प्रतियोगिता
पश्चिमाञ्चलकै ठूलो पुरस्कार राशिको भएको
आयोजकको दाबी छ ।प्रतियोगितामा विजेता
बन्ने टोलीले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफी र
मेडल प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले नगर रु ३३
हजार ३ सय ३३ सहित ट्रफी र मेडल पाउने
प्रतियोगिताका संयोजक सुजन सापकोटाले
बताउनुभयो ।
बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर
खेलमैदानमा हुने प्रतियोगिताका उत्कृष्ट बलर,
ब्याट्सम्यान, स्कोरर, म्यान अफ द म्याच र म्यान
अफ द सिरिजतर्फ पनि पुरस्कृत गरिने संयोजक
सापकोटाले जानकारी दिनुभयो ।
हालसम्म पश्चिमाञ्चलका तनहुँ, कास्की,
स्याङ्जालगायतका जिल्लाबाट सहभागीले नाम
दर्ता गराइसकेको जनाइएको छ । पश्चिम
बर्दियाको टोली पनि प्रतियोगितामा सहभागी
हुने भएको छ । संविधानसभामा बागलुङ क्षेत्र नं १
बाट प्रत्यक्षतर्फ निर्वा्चित खड्काको निधनको
वर्ष्दिन पनि यसै महिना पुग्दैछ । गत वर्ष मङ्सिर १७
मा दुर्घटनामा पर्नुभएका खड्काको उपचारका
क्रममा मङ्सिर २१ गते निधन भएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...