ताजाखबर, १४ मंसिर-
सरकारले एमआरपी वितरणलाई छिटो र सहज वनाउन
आठ देशका दश स्थानबाट प्रत्यक्ष दर्ता
प्रणालीबाट फारम संकलन गर्ने भएको छ । नेपाली
धेरै रहेका आठ देशमा सुरु हुने यो प्रक्रियाको
आगामि डिसेम्बर आठ तारिकमा कतारबाट शुरु हुने छ
। मलेसिया, हङकङ, युएई, कतार, कुवेत, लन्डन,
न्युयोर्क, वासिङटन, साउदीको जेद्धाबाट प्रत्येक्ष
दर्ता प्रणाली सुरु गरिने राहदानी विभागका
महानिर्देशक लोकबहादुर थापाले जानकारी
दिनुभयो ।
एमआरपी नभएका नेपालीलाई विदेशमा अप्ठेरो
नपरोस् भनेर विदेशबाटै फारम संकलनलाई सहज बनाउन
लागिएको थापाले बताउनुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...