उपप्रधानमन्त्री तथा
परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत
भ्रमणमा सोमबार नयाँदिल्ली आउन लागेका छन्
। सोमबार दिल्ली हुँदै उनी
बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा
सहभागी हुने र मंगलबार दिल्ली
फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने
कार्यक्रम तय भएको छ । यसअघि १ कात्तिकमा थापाले
भारत भ्रमण गरेका थिए ।
उनले २ कात्तिकमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसँग
भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले सिमानामा भएको
आपूर्ति अवरोध खुलाउन आग्रह गरेका थिए । भारतले
आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आएका
उपप्रधानमन्त्री थापाले
समकक्षी सुष्मा स्वराजसँग पुन:
त्यही आग्रह गर्ने बुझिएको छ ।
थापाले यसपटक प्रधानमन्त्री
मोदी तथा अन्य उच्चस्तरीय
नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छैन । अघिल्लो भेटमा
मोदीले नेपालको आन्तरिक समस्या सुल्झाउन
सुझाब दिँदै आपूर्ति अवरोध हटाइदिने वचन दिएका थिए ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...