१३ मंसिर, काठमाडौं । लिमिटेड ओभरका विश्व नम्बर एक स्पिनर सुनिल
नारिनमाथि प्रतिवन्ध लागेको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल
(आईसीसी)ले इलिगल बलिङ एक्सनमा वेष्ट
इण्डिजका स्पिनर नारिनमाथि प्रतिवन्ध लगाएको हो ।
आईसीसीको पछिल्लो र्याङकिङमा
उनी वन डे र टी-२० बो नम्बर १ बलर थिए ।
तर, उनको बलिङ एक्सन इलिगल भेटिएपछि नारिनलाई अन्तराष्ट्रिय क्रिकेटमा
प्रतिवन्ध लागेको छ । नोभेम्बर ७ मा भएको पाकिस्तानविरुद्धको वन डेमा
नारिनको बलिङबारे प्रश्न उठेको थियो ।
इंग्ल्याण्डमा परीक्षण गर्दा पनि बलिङ एक्सन इलिगल
पाइएपछि उनीमाथि प्रतिवन्ध लागेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...