-->
एमालेबाट फेरि को–को थपिने भए मन्त्री ?

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा
ओली नेतृत्वको गठबन्धन सरकार चौथो
चरणमा विस्तार हुने भएको छ । राप्रपाको विवादका कारण
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भए पनि अब
केही मन्त्री र
राज्यमन्त्री थपिने स्रोतले जनाएको छ ।
दीपक बोहराले शहरी विकास
मन्त्रालय आफ्नो लागि छुट्याएर राखिएको
दाबी गरे पनि ओलीले
शहरी विकास मन्त्री एमालेकै
युवा नेता रविन्द्र अधिकारीलाई बनाउन लागेको
स्रोतले जनाएको छ ।
संसद्को विकास समितिको सभापति अधिकारी
विकास मामिलामा विज्ञ समेत हुन् । उनलाई
शहरी विकास मन्त्री बनाउने
तयारी भित्रभित्रै भइरहेको स्रोतले जनाएको
छ । अधिकारीलाई मन्त्री
बनाउन वामदेव गौतमले पनि दबाब दिएको बताइन्छ ।
त्यस्तै शहरी विकास
राज्यमन्त्री रसुवाका सांसद् जनार्दन
ढकाललाई बनाउने चर्चा पनि छ । ढकाल निर्माण
व्यवसायमा समेत रहेकाले शहरी विकासमा
उपयुक्त मानिएका छन् । त्यस्तै एमालेबाट थप
कम्तीमा २ राज्यमन्त्री
हुनेछन् ।
एमालेले सधैं जित्दै आएको र यसपटक दुवै क्षेत्र
जितेका कारण दैलेखलाई राज्यमन्त्री दिँदा
अमरबहादुर थापको नाम अघि सारिएको छ । मुगुका
मोहन बानिया पनि राज्यमन्त्रीको चर्चामा
छन् । त्यस्तै महिला र थारुको प्रतिनिधित्व गराउँदै
मञ्जु चौधरीलाई राज्यमन्त्री
बनाइने सम्भावना छ । राज्यमन्त्रीमा
डोटी २ का प्रेम आले र ताप्लेजुङका डम्बर
तुम्बाहम्फेको पनि चर्चा छ । आजको साँघु साप्ताहिकमा
खबर छ ।


,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.