-->
फिल्मी शैलीमा छाडियो भारतीय सुरक्षा कर्मी एसएसवीलाई (के के भए हिजाे दिनभर)

आइरहेका भारतीय एसएसबीको दादागिरी
बढको भन्दै स्थानीयले कडा कार्वाही गर्नुपर्ने
मागराख्दै नाराबाजी गरेपनि झापाका प्रहरी प्रशासनले
फिल्मी शैलीमा सुरक्षित साथ बोर्डरमा लगेर
छाडी दिएका हुन् ।
नेपाल प्रवेश गरेका १३ जना हतियारधारी
एसएसबीलाई सशस्त्र प्रहरी बल बोर्डर आउट
पोष्ट केचनाले नियन्त्रण लिएका थिए ।
दुवै देशका सुरक्षा निकायको बैठक पश्चात आपसी
समझदारीमा नेपाल प्रहरी र सशस्त्र
प्रहरीले नियन्त्रणमा लिएका एसएसबीहरुलाई
कडा सुरक्षा दिई आफ्नै गाडीमा हालेर स्थानीयले
हेर्ने पाउने नगरी बोर्डरमा लगेर भारतीय प्रशासन
पक्षलाई जिम्मा लगाएका हुन् ।
झापाको दक्षिणी सीमावर्ती गाविस केचना
सिमा देखि पूर्वपटी रहेको कादोगाउ बेस क्याम्पका
एसएसबीले आइतबार विहान केचना– ४ स्थित नाजरा वगेमलाई
घरमै गएर हातपात गरेपछि स्थानीयको सहयोगमा सशस्त्र
प्रंहरीले उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।
एसएसबीलाई नियन्त्रणमा लिए पश्चात स्थानीयले
केचना बेस क्याम्प अगाडी भारतीय
सुरक्षकर्मीको ज्यादतीको विरुद्ध
नाराबाजी गदै कार्वाहीको माग गरेपनि प्रशासन
पक्षले सुनवाई नगरेकाले स्थानीयको नाराबाजी र माग
व्यर्थ गएका थिए ।
यसरी प्रवेशगरे नेपालीभूमिमा एसएसवी
झापाको केचना सिमादेखि १५०० मिटर पूर्व भारतको कादोगाउँ भन्ने स्थानमा
भारतीय सीमा सुरक्षा बल
(एसएसबी)को चेक पोष्ट रहेको छ । सो चेक पोष्टमा कार्यरत
एसएसबीका जवानहरु तस्कर पक्राउ गर्ने बहानामा विभिन्न
योजनाका साथ दशगजा मिचेर नेपाली भूमि प्रवेश गर्दै आइरहेको
स्थानीयको भनाई । आइतबार विहान इन्धन तस्करलाई पक्राउ
गर्ने क्रममा हतियारधारी १३ जना एसएसबी
नेपालमा प्रवेश गरेका थिए । १३ जना एसएसबी मध्ये ९ जना
बोर्डर छेऊको बासझारमा बसेका थिए भने, २ जना केचना ४ स्थित
खुटटामी बस्ने लाल मोहम्मदको घरमा प्रवेश गरेका थिए । अरु
दूई जना घर बाहिर सुरक्षा दिएर बसेका थिए । घर भित्र प्रवेशका दुई जना
एसएसबीले तस्करी गरि ल्याएको सामान कहा छ
भन्दै मोहम्मदका श्रीमती नाजरा आलमलाई
हातपात गरेका थिए । आलमलाई हातपात गरेका एसएसबीलाई
स्थानीय प्रतिकार गरेपछि छरिएर रहेको अन्य
एसएसबी टोली पनि त्यहा आइपुगे ।
स्थानीय र एसएसबी पक्ष बिच विवाद सुरु भएलगतै
स्थानीयकै सहयोगमा विहान साढे ४ बजे सशस्त्र
प्रहरी बल बोर्डर आउट पोष्ट केचनका प्रहरी
निरीक्षक लगायतको टोलीले उनीहरुलाई
नियन्त्रणमा लिएर पोष्टमा लगेको स्थानीय जब्बरसिह
राजवंशीले बताए ।
माफमागेपछि छाडियो एसएसबीलाई
सञ्चारमाध्यमा समाचार प्रकाशित भएपछि झापाका प्रमुख जिल्ला
अधिकारी तेजप्रसाद पौडेलको आदेशमा झापाका सहयाक प्रमुख
जिल्ला अधिकारी डम्मरु निरौला, सशस्त्र प्रहरी
नायव निरक्षिक प्रेम प्रसाई, नेपाल प्रहरी नायव
उपरीक्षक भीमबहादुर दाहाल लगायतको टिम
घटनास्थल पुगेका थिए । घटना स्थल पुगेपछि भारतीय सिमा
सुरक्षा बलका कमान्डर डिबी नागी लगायत काउन्टर
पार्टसंग लामो छलफल भएको थियो । लामो छलफल पश्चात नियन्त्रणमा
लिएका एसएसबीलाई छाडिएको छ । ‘भूलवश नेपाल पसेको’ भन्दै
क्षमायाचना गरेपछि एसएसबीका बटालियन कमान्डर
जिबी नेगीलाई पक्राउ परेका भारतीय
सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक प्रजिअ डमरु
निरौलाले जानकारी दिनुभयो ।
छलफलमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.