काठमाडौं – वाणिज्य तथा आपूर्तिमन्त्री
गणेशमान पुनको निद्रा बिहान ५ नबज्दै खुलिसक्छ ।
निद्राबाट ब्युँझनेबित्तिकै उनी तेल र ग्यास
सम्झन्छन् । दिनरात तेल र ग्यासका लागि मेहनत
गरिरहँदा पनि आपूर्ति व्यवस्था सहज नभएपछि आफैं
खिन्न भएको बताए ।
भारतीय नाकाबन्दीका कारण
सबैभन्दा व्यस्त मन्त्री पनि उनै हुन् । एक
महिना वाणिज्य तथा आपूर्ति मन्त्रालयको
जिम्मेवारी समालिसकेका मन्त्री
पुन इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन चेन अफ
कामन्ड नै नमिलेको निष्कर्षमा पुगेका छन् ।
उनी पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा
आफूले चाल्न खोजेका कदममा सुस्तता आउनुमा
सरकारी संरचनाको चेन अफ कमान्डलाई नै
जिम्मेवार ठहर्याउँछन् ।
चीनसँग इन्धन आपूर्तिका लागि गरिने सम्झौता,
रक्सौलबाहेक भारतका अन्य नाकाबाट आपूर्ति व्यवस्था
सहज बनाउन गरिएको प्रयास, प्राप्त भएको इन्धन
वितरणमा चाल्न खोजिएको कदम, वैकल्पिक इन्धन
आपूर्तिका लागि चाल्न खोजिएका अभियान र
दीर्घकालीन समाधानका उपाय
सोच्न आफूले गरेको प्रयास सरकारी संरचनाको
ढिलासुस्तीले परिणाममुखी हुन
नसकेको मन्त्री पुनले बताए, आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...