काठमाडौं – रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा
डिएसपी र सांसद बेहुलीका
रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित
भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको
आनन्द बैंक्वेटमा निम्ता गरिएका
भीआइपी नेता र
प्रहरी अधिकृतहरु कांग्रेस सभासद्
ओमदेवी मल्ललाई बेहुली र
डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा
देखेपछि आश्चर्यमा परे । यी दुईजनाको
लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै
प्रकाशमा आएको आजको साँघु साप्ताहिकमा खबर छ ।
चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला
बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको
थिए । उमेरले ५० कटिसकेकी सांसद् र
डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् ।
ओमदेवी मल्लकी
छोरीको बिहे ०७२ वैशाख महिनामा भएको
थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका
वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए
। एमालेका केशव बडाल सहकारी संघको
अध्यक्ष भएकाले निम्त्याइएका थिए ।
ओमदेवी बडाल अध्यक्ष रहेको संघको
उपाध्यक्ष हुन् ।
श्रीमान् किरण जोशीसँग
पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि
उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै
रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र
आकर्षक जीउडालका कारण
ओमदेवी कांग्रेसका केही
सभासद्को आँखामा पर्न सफल सांसद् हुन् ।
त्यही कारण उनी सांसद् सम्म
बनिन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...